
इटहरीमा सुतली बम विस्फोटमा परी दुई जना घाइते
- चैत्र १५, २०७८ मा प्रकाशित
इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका २ स्थित नवजागृति टोलमा गएराति सुतली बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा सोही ठाउँ डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङ ५ ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) खगेन्द्रकुमार खड्काका अनुसार थापाको डेराभित्रै गएराति १०ः३० बजे बम विस्फोट भएको थियो । विस्फोटमा परी घाइते भएका थापाको विराटनरस्थित आँखा अस्पताल र अर्का घाइते गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उनको भनाइ छ ।
घटनास्थलबाट कङग्रेन्ट फ्रन्ट अफ नेपालको पर्चा बरामद भएको डीएसपी खड्काले बताए । पर्चामा पूर्वाञ्चल डिभिजन प्रमुख बृज किशोर ठाकुरको हस्ताक्षर छ । अमित श्रेष्ठको घरमा डेरा गरि बस्दै आएका थापाको कोठामा गुरुङ २५ दिनदेखि बस्दै आएको स्थानीय बताउँछन् । घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments