
इटहरीमा सञ्चारकर्मी तारा भट्टराइकाे ‘हुम्लाकी तारा’ गजल संग्रह बिमोचीत
- पुष ६, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरीमा बुधबार हुम्लाकी तारा गजल संग्रह बिमोचन गरिएको छ । हलेशी महादेव मिडिया प्रालीको आयोजनामा हुलाकी तारा भट्टराइद्वारा लिखित गजल संग्रह हुम्लाकी तारा बिमोचन गरिएको हो । जनता कलेजकि प्राध्यापक तथा वरिष्ठ कवियत्री एवम गजलकार टिका पौडेल आत्रेयको प्रमुख अतिथीमा सम्पन्न कार्यक्रममा इटहरीका बिशिस्ट ब्याक्तीत्व , साहित्यकार , गजलकार , कविकार , पत्रकार नागरिक समाजका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा हलेशी महादेव मिडीया प्रालीका सञ्चालिका तथा माया घर नेपालकी सचिव एवम सुनसरीकी कृयाशिल महिला सञ्चारकर्मी सुभद्रा प्याकुरेलले हुम्ला जस्तो बिकट ठाउबाट इटहरी आएर ताराले गरेको संघर्ष र प्राप्त गरेको सफलताबारे सबैलाइ सुनाएकि थिइन । साथै आगामी दिनमा मिडिया र सामाजिक दायित्वको रूपमा आफुलगायत टिमले के कस्ता सहयोग गर्नुपर्ने त्यस्कालागि सदैव तत्पर रहेको बताइन ।

कार्यक्रममा वरिस्ठ पत्रकार तथा भाषाबिद कृष्णबिनोद लम्साल, गजलकार जिवी गजल , पर्यटनको क्षेत्रमा कलम चलाउदै आएका पत्रकार बिराट अनुपम , साहित्यकार तथा पुराना पत्रकार सुविद गुरागाइ , लगायत अन्यले बिमोचित भएको गजल संग्रहबाट एक एक टुक्का गजल सुनाएर उक्त पुस्तक र गजलकारको वर्णन गरेका थिए । पुस्तकमा समेटिएका एक एक शब्द बिशेष भएको र वर्णण गरेर साध्य नभएको भन्दै गजल लेखिका तारा भट्टराइलाइ सुभकामना प्रदान गरेका थिए ।


गजलकि लेखिका हुम्ला घर भएकि हाल इटहरी रहदै आएकि तारा भट्टराइले बिकट ठाउमा बालबिवाह र महिनावारी हुदा छाउपडी प्रथाको बिरोध गर्दै उक्त गजल संग्रह निकालिएको बताइन । गजल संग्रहमा पनि अधिकांस हरफहरू दुख र पिडाका भावहरू खोल्ने शब्द रहेका छन । हलेशी मिडिया प्रालिका अध्यक्ष तथा कार्यक्रम सभापती बाबुराम सुवेदीले गजलकार तारा भट्टराइले शिर्जना गरेको गजल पुस्तिमा समेटिएका एक एक बाक्यले मन छुने धारणा राखे । उनले आगामी दिनका गजल लेख्न अझ उत्तसाहित बनाउन सामाजिक क्षेत्र र मिडीयाको तर्फबाट के कस्ता सहकार्यहरू गृन सकिन्छ छलफल गरेर अघि बढने प्रतिवद्धता ब्यक्त गरे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments