
इटहरीमा लैंगिक हिंसा बिरूद्धकाे १६ दिने अभियान : दुर्गममा भन्दा सुगम जिल्लामा धेरै हिंसा , अन्धविश्वास र कुरिती मुख्य कारण
- मंसिर १८, २०७९ मा प्रकाशित

इटहरी । समाजमा हुने लैंगिक हिंसा अन्त्यकालागि तिनै तहका स्थानीय सरकार देखि सामाजिक संघसस्थाहरू एकै जुट भएर लागि पर्नुपर्ने इटहरीमा आयोजित कार्यक्रमबिच बक्ताहरूले जाेड दिएका छन ।
लौगिंक हिसां विरुद्धको १६ दिने अभियान अन्तरगत महिला सञ्जाल इटहरीले आयोजना गरेको अन्तरक्रियामा सहभागी अतिथीहरुले यस्ताे जाेड दिएका हुन । बक्ताहरूले दुर्गम क्षेत्रमा भन्दा सुगम क्षेत्रहरूमा धेरै जसाे घरेलु एवम लैंगिक हिंसाका घटनाहरू हुने गरेकाे बताएका छन ।

महिला सञ्जाल इटहरीकी सस्थापक अध्यक्ष तथा इटहरी उपमहानगरपालिकाकी पुर्व उपप्रमुख लक्ष्मी गौतमले लौगिक हिसां अन्त्यका लागि उपमहानगरपालिकाको न्यायिक समितिले धेरै संरचना वनाएको भएपनि अहिले ति संरचना ध्वस्त वनाइएको गुनासो गरिन । उनले मेलमिलाप सहजकर्ता तयार पार्ने , प्रतिरक्षा समुह वनाएको थियो तर अहिले तिनीहरु सवै निष्कृय वनाइएको वताइन ।
लौगिंक हिसांमा पनि प्रहरी कहाँ आइपुग्ने उजुरीहरुमा धेरै जसो महिला हिसांका घटनाहरु आउने गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले बताए । लौगिंक हिंसा अन्तको मुल मन्त्र लौगिकं समानता हुने भन्दै लौगिक समानता कायम गर्नु पर्नेमा जोड दिदै प्रहरी नायव उपरिक्षक खडकाले अहिले पनि अन्धविश्वासका कारण पनि लौगिंक हिसां भइरहेको समेत वताए।
अन्तरक्रियामा महिला हिसां अन्त्यकाे विषय केन्द्रीत टंकमणी पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम समाजकी उपाध्यक्ष राधिका कार्कीको अध्यक्षतामा भएको थियो भने लौगिकं हिसां विरुद्ध अभियान सञ्चालन गर्दै आएका विभिन्न संघसंस्था तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments