
इटहरीमा बाल याैन दुर्ब्यवहारबारे अन्तरकृिया : उमेर नपुगी बालबालीकाकाे हातमा माेबाइल थमाइदिने अभिभावक मुख्य दाेषी
- पुष १, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीकाे इटहरीमा इन्टरनेटकाे माध्यमबाट बालबालिकामा हुने याैनजन्य कृियाकलाप नियन्त्रण गर्ने बारे सम्बन्धित सराेकारवालाहरू संगकाे एक दिने अन्तरकृिया कार्यक्रम सम्पन्न भएकाे छ ।
सडक बालबालिका तथा याैन हिंसामा परेका बालबालिकाहरूकाे संरक्षण गर्दै अाएकाे भाेइस अफ चिल्ड्रेनले अायाेजना गरेकाे अन्तरकृिया कार्यक्रममा धेरैजसाे बालबालिकाहरू अहिले इन्टरनेटकाे दुनीयमा रमाउने गरेकाे र याे भविस्यमा निकै जाेखिम रहेकाे उपस्थित बक्ताहरूले बताएका छन ।
इन्टरनेटकाे माध्यमबाट पछिल्लाे समय धेरै बालबालिकाहरू याैन हिंसाकाे शिकार भएपनि प्रभावकारी कानुन नहुदा उनिहरूले सजिलै न्याय नपाएकाे अधिकांस बक्ताहरूले गुनाे राखेका थिए । अनलाइनका माध्यमबाट हुने बालयौन दुव्यवहार नियन्त्रणका लागि सरोकारबाला सचेत हुनु पर्ने देखि लिएर विशेष ऐनको व्यवस्था गरिनु पर्ने बक्ताहरूकाे सुझाव थियाे ।
पछिल्लो समयमा अनलाईनका माध्यमबाट बालबालिकाहरुमा यौन दुव्यवहार हुने क्रम बढी रहेको तर्फ मध्यनजर गर्दै भ्वाइस अफ चिल्ड्रेनले किन्डर नोथ लाइफ जर्मनी र बि एम जेको सहयोगमा बालबालिका बिरुद्ध हुने साइबर अपराध रोक्न इन्टरनेटमा थप सुरक्षा र संरक्षण नामक परियोजना सञ्चालन गर्दै आएको छ ।
इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले अनलाईनका माध्यमबाट बालबालिकालाई यौन दुव्यवहार गरेको तीन वटा उजुरी परेको र सो विषयलाई साइबर व्युरोमा पठाइएको जानकारी दिए । अनलाईनबाट हुने बालयौन दुव्र्यवहार नियन्त्रणका लागि भ्वाइस अफ चिल्ड्रेनसंग सहकार्य गरेर जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको समेत वताए ।
सो कार्यक्रमा भ्वाइस अफ चिल्ड्रेन सुनसरीका प्रमुख भरत थापाले अनलाईनका माध्यमबाट हुने बालयौन दुव्यवहार नियन्त्रणका साथै बालबालिकाहरुका क्षेत्रमा संस्थाले गर्दै आएका गतिविधिहरुका विषयमा जानकारी गराएका थिए । बालबालिका सम्वन्धी ऐन रहेको भएपनि अनलाईनका माध्यमबाट बालबालिकामा हुने यौन दुव्यवहारका विषयमा सो ऐनमा प्रष्ट उल्लेख नगरिएका कारण ऐनमै समावेश गरिनु पर्नेमा समेत सहभागीहरुले जोड दिए ।
कार्यक्रममा अनलाइनका माध्यमबाट बालयौन दुव्यवहारको अवस्था , बालवालिकाहरुको अनलाईन मोह , त्यसले पारिरहेको असर साथै समस्या समाधानका विषयमा अधिवक्ताद्धय सरोजकृष्ण घिमीरे र रोशनी पौडेलले सहजिकरण गरेका थिए । कार्यक्रममा इटहरी उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख भोजकला दवाडी , भ्वास अफ चिल्डे«न काठमाडौंकी रोजिना कार्की, जिल्ला प्रशासन कार्यालय सुनसरीका निराजन पोखरेल , अधिवक्ता सरोज गिरी लगायतका विभिन्न संघसंस्थामा आवद्धहरु ,राजनितिक दलका नेता , सचारकर्मी लगायतको सहभागिता रहेको थियो ।नोट ः फुटेज एफटिपीमा आएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments