
इटहरीमा पहिलाे पटक पूर्वाञ्चल जागरण उत्सव : प्रधानमन्त्री दाहालले उदघाटन गर्ने , मह जाेडी बिशिस्ट अतिथी
- फाल्गुन १८, २०७९ मा प्रकाशित

इटहरी । कोशी प्रदेशको इटहरी उपमहानगरमा पहिलो पटक पूर्वाञ्चल जागरण उत्सव हुने भएको छ । जीवन बिज्ञान प्रतिस्ठान कोशी प्रदेशको आयोजनामा फागुन २० गते इटहरीमा पहिलो पटक पूर्वाञ्चल जागरण उत्सव हुने भएको हो । उत्सव ३ दिन सम्म सञ्चालन हुने भएको छ ।
बर्तमान सरकारका सम्माननीय प्रधानमन्त्री पूष्प कमल दाहाल ( प्रचण्ड)ले समुदघाटन गर्ने उक्त उत्सवमा नेपालका बिभिन्न जिल्लाहरू सहित ५५ देशका प्रतिनिधीहरूको पनि ब्यापक उपस्थिती रहने आयोजक जीवन विज्ञान प्रतिष्ठान कोशी प्रदेश संयोजक बालीका भट्टराइले बताउनुभयो ।
कार्यक्रममा बिशिस्ट अतीथी नेपालका राष्ट्रिय कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य रहने जनाइएको छ । उक्त उत्सवमा स्थानिय सरकार प्रमुखहरू , प्रदेश सरकार प्रमुख , मुख्यमन्त्री लगायतको उपस्थिती रहने जनाइएको छ ।

कोशी प्रदेशमा रहेका बिभिन्न जातजाती, भाषा,भेष , सांस्कृतिक , धर्म सम्प्रदायकका मौलिक सांस्कृतिकमा आधारित नृत्य तथा झाकिहरू सहित कार्यक्रमलाइ भव्य उदघाटन गरिने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।
वर्तमान मानव समाजमा अत्याआवस्यक रहेका प्रेमपुर्ण सहकार्य र चौतर्फि बिकाशको मुल्य अभिबृद्धि गर्ने मुख्य उद्येश्य सहित शुरू हुने उत्सवमा ५ हजार भन्दा बढीले सहभागिता जनाउने आयोजक जीवन विज्ञान प्रतिष्ठान कोशी प्रदेशकी संयोजक बालिका भट्टराइले बताउनुभयो । उक्त उत्सवले जीवन विज्ञान प्रतिस्ठान अन्तरगत काेशी प्रदेशकाे नयाँ कार्य समिती चयन गर्ने जनाइएकाे छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments