
इटहरीमा नयाँ घर बनाउदा उपमहानगर आँफैले नक्सा बनाइदिने
- चैत्र २६, २०७९ मा प्रकाशित

इटहरी/ नयाँ घर बनाउँदा इटहरी उप-महानगरपालिकाले आफैले नक्सा बनाइदिने भएको छ। भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उप-महानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो।
इटहरी उपमहनगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उप-महानगरपालिकाले सहजीकरण गर्न लागेको बताउनुभयो। “निवेदन दिएपछि नक्सा उप-महानगरपालिकाले नै बनाइदिन्छ” उहाँले भन्नुभयो, सेवाग्राहीले साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन्।”
भूकम्पप्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरुक बनाउन उप-महानगरपालिकाले नै चाहे अनुसारको नक्सा बनाइदिन लागेको मेयर पौडेल बताउनुहुन्छ। “प्राइभेट इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत घरको डिजाइन बनाउँदा धेरै महँगो पर्यो भन्ने गुनासो आएको छ”, उहाँले भन्नुभयो, “सहुलियत दरमा अब उप-महानगरपालिकाले नै नक्सा बनाउँछ।”
कन्सल्टेन्सीले घरधनीबाट लिने जथाभावी शुल्क, समयमा उप-महानगरपालिकामा दर्ता नगर्ने जस्ता समस्याले आफैले नक्सा बनाउने काम शुरु गर्न लागेको हो। जनताले थोरै शुल्कमा नक्सा बनाउन भन्ने हाम्रो उदेश्य हो मेयर पौडेल भन्नुहुन्छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments