
इटहरीमा दिउसै हात्ती आतंक: स्थानीयद्वारा सुरक्षा माग
- माघ १८, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं २ , ३ र १९ मा दैनिक जंगली हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीयहरू त्रसित बनेका छन् । इटहरी २ शान्तिनगर , बौका , इटहरी १९ ब्रह्मपुर र भवानिपुर क्षेत्रमा दिउसै हात्तीले आतंक मच्चाएपछि स्थानीयहरू त्रसित बनेका हुन् । आगनमा गफ गरिरहेकै बेला छावा सहित चार ओटा हात्ती आएर घरभित्रको धान खान थालेपछि भवानीपुरका स्थानीयले पनि जिउज्यानको सुरक्षा मागेका छन् ।
जंगली हात्तीको समूहले मंगलबार बिहान मात्रै ४ वटा घरमा क्षती पु¥याएको छ । इटहरी १९ ब्रह्मपुरकी पवित्रा अधिकारी, कृष्णबहादुर विक, भवानीपुरकी दिलमाया विक र विष्णु राइको घरमा हात्तीले क्षती पु¥याएको हो । भवानीपुरका राइको घरमा ४ वटा हात्ती छिरेर कटेज भत्काइ रक्सीका भाँडा फुटाइदिएको थियो भने दिलमायाको घर नै भत्काएर भित्रबाट धानको बोरा लगेको पीडितहरूले बताएका छन् ।

पटक–पटक उपमहानगरसंग हात्ती नियन्त्रणको माग गर्दै आएपनि स्थानीयको आवाज सुनुवाई नभएको पीडित दिलमाया विकले बताइन् । हात्ती आतंककै कारण अहिले सो क्षेत्रका बासिन्दाहरू रातभर जाग्राम बस्ने गरेका छन् । दिनभरी आफ्नै काम, रातभर जाग्रम बस्नुपर्ने बाध्यता आइपरेको इटहरी १९ का विष्णु राईले बताए ।
यस्तै इटहरी १९ भवानीपुरस्थित सूर्य टोलमा पनि हात्ती धपाउनकै लागि दैनिक जाग्राम बस्ने गरेका छन् । रातभरि आगो बालेर थाल बजाउँदै जाग्राम बस्नु पर्ने अवस्था आएको हात्ती प्रभावितहरुको गुनासो छ ।

इटहरी १९का बासिन्दाले मंगलबार नै वडा कार्यालय पुगेर जिउज्यानको सुरक्षा र विद्युतीय पोलहरूमा बत्ती र साइरन माग पनि गरेका छन् । वडाबासीहरूले वडाध्यक्ष श्रीनारायण चौधरीलाई भेटेर उपमहानगर समक्ष यस्तो माग गरेका हुन् । हात्ती आतंक नियन्त्रण गर्ने विषयमा उपमहानगरसग छलफल भइरहेको र समस्या सामधान गर्ने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउने काम भइरहेको वडाध्यक्ष चौधरीले बताए ।
यता उपमहानगरका मेयर हेमकर्ण पौडेलले पनि हात्तीका कारण इटहरीबासी समस्यामा परिरहेको बताए । उनले कतिपय बेलामा आफूपनि हात्तीको गस्ति गर्न गएको भन्दै छिट्टै समाधानको उपाय खोजी गर्ने बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments