
इटहरीमा ज्वाइकाे हत्या गर्ने जेठान सार्वजनिक : घटना याेजनावद्ध देखिएन , रिस थाम्न नसकेपछि हत्या : प्रहरी
- आश्विन २४, २०७९ मा प्रकाशित
इटहरी । गत शनिबार साझ इटहरीको मुख्य चौकमा सफारी चालकको हत्या गरी फरार अभियुक्तलाइ इटहरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ । हत्या गरी फरार भएका अभियुक्तलाइ १२ घण्टा बित्न नपाउदै प्रहरीले पक्राउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले सफारी चालक इटहरी इटहरी ५ बस्ने ३८ वर्षीय भुवने चौधरीको हत्यामा संलग्न इटहरी ५ कै ४३ वर्षीय रामकुमार भुजेल र सहयोगी इटहरी ६ बस्ने २७ वर्षीय बेदप्रकाश मण्डललाई पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु प्रशाद ढकालको उपस्थितीमा सोमबार हत्यामा संलग्न भुजेल र हत्यापछि फरार हुन सहयोग पुर्याउने सहयोगी मण्डललाइ सावर्जनिक गरिएको हो ।
घटनापछि फरार भुजेललाइ मण्डलले निजको सफारीमा चढाएर टंकिसिनुवारी सम्म पुर्याएर छोडेको अनुशन्धानको क्रममा खुलेको छ ।प्रारम्भिक अनुशन्धानका अनुसार घटना कुनै सुनियोजित नभइ पारिवारिक बिमेल र रिसको आवेग रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।पक्राउ परेका भुजेल मृतक चौधरीको जेठान रहेको प्रहरीले जनाएको छ । मृतक चौधरी अटो व्यवसायी संघ इटहरी उपमहानगर कमिटी अध्यक्ष हुन भने हत्यामा संलग्न भुजेल सोहि संघका सदस्य हुन ।

घटना भएका्े दिन शनिबार बिहान चौधरी र भुजेल बिच भनाभन भएको थियो । बिवाद उग्र बनेपछि गाउकै भद्र भलाद्मीहरू बसेर सुल्झाएका थिए । अबदेखि झगडा नगर्ने भनेर दुवै जना मिलेपनि दिउसोबाट भुजेल पुनःआक्रमण बनेका थिए । उनले दिउसैदेखि काटछु भन्दै धारिलो हतियार बोकेर चौधरीको खोजीमा निस्किएको र साझ इटहरीको नेश्नल गल्लीमा देख्नासाथ धारीलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी अनुशन्धानबाट खुलेको छ । धारिलो हतियार प्रहार हुदा भुजेलको वाया हात छिनेको थियो ।
उनलाइ उपचारको निमित्त बीपी प्रतिस्ठान लगिएपनि चिकित्सकहरूले शनिबार राती ८ बजे मृत घोषित गरेका थिए । घटना पछि अभियुक्त भारत तर्फ भागेको अनुमान सहित जिल्ला प्रहरी कार्यालय सुनसरी , इलाका प्रहरी कार्यालय इटहरी र प्रदेश प्रहरी कार्यालयले संयुक्त रूपमा खोजी कार्यलाइ तिब्रता दिइएको थियो । खोजी गर्ने क्रममा उनलाइ नेपाल भारत अन्तरगत मोरङको सिमावर्ती क्षेत्रबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
पक्राउ पछि भुजेललाइ कर्तब्य ज्यान सम्बन्धी मुद्धा दर्ता गराइ अदालतबाट ५ दिनको म्याद थप गराएर अनुशन्धान आवस्यकिय अनुशन्धान प्रकृिया अघी बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु प्रशाद ढकालले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments