
इटहरीमा खेलकुद महासंघकाे शुभकामना कार्यक्रम : प्रदेश एकमा खेलकुद बिकासका कार्यक्रम ल्याइने
- श्रावण २०, २०७९ मा प्रकाशित
इटहरी । नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश १ कमिटिको विस्तारीत बैठक तथा सुभकामना कार्यक्रमको आयोजना गरीएको छ ।
सम्पुर्ण अग्रगामी खेलकर्मीहरु एक जुट हौँ,समृद्ध खेलकुद सहितको समाजवाद स्थापना गरौँ भन्ने मुल नारालाइ आत्मसाथ गर्दै शुक्रवार इटहरीमा कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परीषद पुर्व सदस्य सचिव एवम् नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष केशब कुमार बिष्टले नजिकीदै गरेको ९ औँ राष्ट्रिय खेलकुदमा कसरी प्रदेशले बढीभन्दा बढी मेडल जीत्न सक्छ भन्नेबारे सोच्न र सकेसम्म संगठनमा बसेर खेलकुदको बिकासकालागी अगााडी बढ्न उपस्थीतीलाइ आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एकीकृत समाजवादी प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले खेलकुदले मानिस सारिरीक तथा मानसिक विकासे र समाजको सर्वाङगीण बिकासमा टेवा पुर्याउने बताए ।
यस्तै राष्ट्रकलागी योगदान गरेका पुर्व खेलाडीहरुको समन्वयमा विद्यालयस्तरबाट खेलकुदलाई अगाडी बढाउने योजना रहेको कार्यक्रमका सभापती नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश १ का अध्यक्ष शंकर थापाले जानकारी दिए ।
कार्यक्रमका बिच शैलेश बिष्ट,सन्दीप राइ लगायत खेलकुद समितिका १२ जना नयाँ पदाधीकारीहरुलाइ प्रमुख अतिथी माफर्त सुभकामना पत्र हस्तान्तरण गराइएको थियो ।
कार्यक्रममा प्रदेश १ का सामाजिक बिकास मन्त्री राजन राइ,पार्टी पोलीटव्युरो सदस्य तथा १ नम्बर प्रदेश अध्यक्ष बलदेव चौधरी,सुनसरी जिल्ला अध्यक्ष गोविन्द निरौला लगायतले बोलेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments