•  ९ चैत्र २०८१
  •  1:07:18 PM

इटहरीमा खुल्याे नेपाल सहकारी वित्तीय संस्थाको नयाँ शाखा

- बैशाख ५, २०७९ मा प्रकाशित



इटहरी । नेपाल सहकारी वित्तीय संस्था ली.ले आफ्नो थप नयाँ शाखा इटहरीमा विस्तार गरेको छ । प्रदेश एककाे व्यापारीका केन्द्र इटहरीमा  आइतबार एक कार्यक्रम सहित बिधिवत रूपमा उक्त शाखा सञ्चालनमा ल्याइएकाे हाे ।

सहरी क्षेत्रमा मात्र नभइ ग्रामिण भेगमा पनि सहकारीले सेवा पुर्याओस भन्ने उद्येश्यका साथ नेपाल सहकारी वित्तीय संस्था ली.ले १२ औ शाखा इटहरीमा सञ्चालन गरिएकाे जनाइएकाे छ ।

बढदाे सहरिकरणसंगै उपभाेक्ताहरूकाे मागलाइ मध्यनजर गर्दै आवश्यकता अनुसार शाखा बिस्तार गर्दै लैजाने नेपाल सहकारी वित्तीय संस्थाका केन्द्रिय अध्यक्ष डाक्टर तुलसी प्रसाद भट्टराईले बताए ।  

इटहरी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिवस पोख्रेलको प्रमुख अतिथिमा भएको कार्यक्रमको  अध्यक्ष डाक्टर तुलसी प्रसाद भट्टराई विशेष अतिथि इटहरी होटल तथा लजको अध्यक्ष उमेश दाहाल , अतिथिहरूमा नेपाल सहकारी वित्तीय संस्थाका उपाध्यक्ष रोहित भट्टराई, कोषाध्यक्ष लोकनाथ गौतम ,सदस्य राजन तिवारी ,पोखरा शाखाका संयोजक दिलकुमार श्रेष्ठ , साहित्यकार रमा राधा  लगायतको उपस्थिति रहेको थियो । 

Comments

सम्बन्धित खवर