
इटहरीमा किरातहरूकाे उभाैली पर्व : भवन शिलन्यास देखि नाचगान गरेर मनाइयाे
- जेष्ठ २८, २०७९ मा प्रकाशित
इटहरी । प्रकृति पुजक किराँत राई समुदायका मानिसहरुले बैशाख पुर्णिमा देखि एक महिना सम्म मनाउने महान पर्व उभौली सुनसरीको इटहरीमा विभिन्न कार्यक्रमका विच धुमधामका साथ मनाइको छ ।
किराँत राई बान्तवा खिम केन्द्रीय कार्य समितिको आयोजनामा इटहरीमा बहुउद्धेश्यीय सास्कृतिक सग्रालय भवन शिलान्यास , साकेला सिली लगायतका जातिय नाच सहित धुमधामका साथ मनाइएको हो ।
आदिमकाल देखि नै पुर्वी नेपालमा किराँत समुदायका सघन रुपमा वसोवास रहदै आएको छ । किराँत समुदायले मनाउने चाढपर्वहरुले पुर्वी नेपालको धार्मिक तथा सांस्कृतिक विविद्यतामा महत्व राख्दै आएको छ । प्रकृति पुजक किराँत समुदायका मानिसहरुले मान्ने महत्वपुर्ण चाड उभौली वाली लगाएपछि मनाउने गरिने किराँत राई बान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराँतीले वताए ।
वालीनाली लगाउने समयमा मनाइने यो पर्वमा आगामी वालीनाली राम्रो होस परिवारमा सुखशान्ति र चोटपटक नलागोस भन्ने कामना सहित मनाउने गरिन्छ । किराँत समुदायका मानिसहरुले यो पर्व कहीले देखि मनाउने थाले भन्ने एँकीन प्रमाण नभएपनि किराँत धर्मालम्वीहरुको उद्धघम काल देखिनै मनाउन थालेको विश्वास गरिन्छ । उभौलीको समयमा गर्मी सुरु हुने भएकाले चराचुरुगी समेत गर्मी छल्न लेक तर्फ वसाई सर्ने भएकाले उभौली भन्ने गरेको भनाइरहेको छ ।
त्यी विश्वास साथ किराँत समुदायका मानिसहरुले परापुर्वकाल देखि उभौली धुमधामका साथ मनाउदै आएका छन । केही वर्ष अगाडि देखि सामुहिक रुपमा भेला भएर साकेला सिली रम्दै किरात राइ समुदायका मानिसहरुले उभौली मनाउने गरेका छन । इटहरीमा आयोजना गरिएको कार्यक्रममा किराँत राई बान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराँतीको अध्यक्षता तथा प्रदेश नम्बर १ का पर्यटन तथा सस्कृति मन्त्री खिनु लिम्बुको प्रमुख आथित्यमा भएको थियो ।
कार्यक्रममा खोटागको जन्तेढुगां गाउपालिकाकी अध्यक्ष अरुणा देवी राईलाई सम्मान गरिएको थियो । कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरी आदिवासी जनजाति पत्रकार संघ केन्द्रीय अध्यक्ष गजुरधन राई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments