
इटहरीमा एकै दिन दुइ सवारी दुर्घटना : भारतीय नागरिक सहित दुइ जनाकाे मृत्यु , दुइ घाइते
- असार १८, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरीका अलगअलग स्थानमा शुक्रबार साँझ दुर्घटना हुँदा भारतीय नागरिकसहित दुई जनाको मृत्यु भएको छ । मृतक दुवै पुरुष हुन् । एक जना ७५ वर्षका वृद्ध छन् ।
कोसी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१२ चौकीमोडमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा प्रदेश ०२–०३१ प ०६११ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ । बाटो क्रस गर्दै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा भारत बिहारका ५० वर्षीय लालुप्रसाद विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा राति ८ः१० बजेतिर मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं घर भएका २५ वर्षीय सुबास तामाङ र पछाडि सवार सङ्खुवासभाको सभापोखरी–६ की २४ वर्षीया शिखा लिम्बू घाइते भएका छन् । घाइतेको खनार सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।
त्यस्तै पूर्व–पश्चिम लोकमार्गअन्तर्गत इटहरी–१७ पकलीमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ७७९५ नम्बरको यात्रुवहाक बसले ठक्कर दिँदा एक जना वृद्ध पुरुषको मृत्यु भएको छ । बसको ठक्करबाट साइकलमा बाटो क्रस गर्दै गरेका सुनसरीको रामधुनी नगरपालिका–९ का ७५ वर्षीय मङ्गलु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर टाउको तथा शरीरका विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा एपेक्स अस्पतालमा साँझ ७ः२० बजेतिर मृत्यु भएको हो । दुर्घटनालगत्तै बसका चालक भोजपुरको भोजपुर नगरपालिका–२ का ३७ वर्षीय आकाश राईलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments