
इटहरीमा उद्यमी महिलाहरूको ३ दिने मेला सुरु , सेलराेटी देखि गुन्द्रुककाे अचार सम्मकाे प्रदर्शन
- भाद्र १५, २०८० मा प्रकाशित

इटहरी । उद्योग वाणिज्य सङ्घ इटहरी महिला उद्यमी समितिको आयोजनामा तिन दिने उद्यमी मेला सुरु भएको छ । महिलाहरूले उत्पादन गरेको अर्गानीक खाद्यान्न लगायत सजावट सामग्रीहरू प्रवर्द्धन तथा प्रचार प्रसार गर्ने उद्देश्य सहित सुरु भएको तिने मेलालाई सङ्घीय सरकारकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेकी थिइन ।
उद्घाटन सँगै उपसभामुख रानाले महिलाहरू विगतमा भन्दा बर्तमानमा निकै ऊर्जाशील , क्षमतावान् तथा आफै आत्मनिर्भरता हुन थालिसकेको बताइन । उद्घाटन समारोह तथा कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी उपसभामुख रानाले महिलाहरूले ल्याएको मेलालाई सफलताको शुभकामना दिएकी थिइन । उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्ष जीवन पराजुलीकाे सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा काेशी प्रदेशका १४ वटै जिल्लामा अवस्थित उद्यमी महिलाहरूको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा इटहरी क्षेत्रका विशिष्ट ब्याक्ती न इटहरीको लायन्स क्लब भवनमा सुरु भएका मेलामा नागरिक समाजका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि , सञ्चारकर्मी लगायतको बाक्लाे उपस्थिती रहेको थियो । मेलामा काेशी प्रदेशको १४ वटै जिल्लाबाट महिला उद्यमीहरूले उत्पादन गरेका बस्तुहरूको प्रदर्शनी गरिएको थियो । भदौ १७ गते सम्म रहने छ । मेलामा ७५ वटा स्टलहरू रहेका छन् । मेला उद्घाटनकै अवसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरिएको थियो ।
उक्त शिविरमा ४ सय भन्दा बढीले सेवा लिएका थिए । मेलामा महिलाहरूले उत्पादन गरेको घरेलु सामग्री , खाद्यान्न लगायतका सामग्रीहरू प्रदर्शनमा राखेका छन् । प्रदर्शनीमा इलामको चिया, ललिपप, बाँसबाट बनेका सामाग्री, हस्तकलाका सामानहरू, राडी पाखीका सामानहरू, मह,सेल रोटी लगायतका स्टल रहेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments