
इटहरीमा अन्तराष्ट्रिय प्रशिक्षकद्वारा ब्यवसायिक ब्याडमिन्टन तालिम सुभारम्भ
- जेष्ठ ३२, २०८० मा प्रकाशित

इटहरी । सुनसरीकाे इटहरीमा अन्तराष्ट्रिय स्तरमा प्रशिक्षण गराइसकेका प्रशिक्षकहरूद्वारा व्यवसायीक ब्याडमिन्टन प्रशिक्षण सुरू भएकाे छ । अन्य खेलमा भन्दा ब्याडमिन्टनमा बढि रूची देखिएपनि अवसर नपाउदा खेल सिमित क्षेत्रमा खुम्चिन पुगेकाेले ब्याडमिन्टनकाे प्रवर्दन तथा दक्ष खेलाडी उत्पादन गर्ने उद्येश्य सहित बिहीबार देखि प्रशिक्षण सुरू गरिएकाे हाे ।
काेशी प्रदेश खेलकुद विकास वाेर्डका सदस्य सचिव हंशराज वाग्लेले उदघाटन गरेसंगै बिहीबारबाटै नियमित प्रशिक्षण सुरू गरिएकाे हाे । सुनसरी जिल्ला ब्याटमिन्टन एकेडेमी नेपाल र ब्याडमिन्टन 21 एकेडेमी भारतकाे संयुक्त अायाेजनामा याे प्रशिक्षण सुरू भएकाे हाे । इटहरी मात्र नभएर काेशी प्रदेशमा रहेका ब्याडमिन्टन सम्बन्धी रूची राख्ने खेलाडीहरूलाइ प्राेत्साहन गर्न र अझै अब्बल बनाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म पुैर्याउन इटहरीमा प्रशिक्षण सुरू गरीएकाे सुनसरी ब्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेस कार्कीले बताए ।
काेशी प्रदेशका बिभिन्न जिल्लामा रहेका बालबालिका देखि बिद्यालयका बिद्यार्थि लगायत जाे सुकैलाइ पनि सहज रूपमा प्रशिक्षण दिइने कार्यक्रममा बताइएकाे छ । प्रशिक्षार्थीहरूलाइ ब्याडमिन्टन ब्याडमिन्टन 21 एकेडेमी भारतका बिकाश शुक्ला , लगायतले प्रशिक्षण दिइने बताइएकाे छ ।
उदघाटन पछि कार्यक्रममा बाेल्दै प्रमुख अतिथी काेशी प्रदेश खेलकुद विकास बाेर्डका सदस्य सचिव हंशराज वाग्लेले अन्य खेल जस्तै ब्याडमिन्टन पनि बच्चा देखि युवा हुदे बृद्धहरूकाेलागि समेत लाेकप्रिय रहेकाे तर खेलकाे प्रवर्दन गर्न नसक्दा सिमित क्षेत्रमा खुम्चिएकाे बताए ।खेल क्षेत्रमा प्रसस्तै लगानी र बजेट भएपनि यसकाे समयमै सदुपयाेग हुन नसक्दा खेलप्रेमी संगै खेलाडीहरू पनि पलायन हुदै गइरहेकाे प्रति प्रदेश सरकार र संघिय सरकार गम्भिर हुनुपर्नेमा उनकाे जाेड थियाे ।
भारतीय प्रशिक्षक विकाश शुक्लाले भने नेपालमा याे पहिलाे पटक प्रशिक्षण रहेकाे र यहि प्रशिक्षणबाट कैयाे दक्ष खेलाडी उत्पादन गरेर देखाउने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा ब्याडमिन्टनका अन्तराष्टिय रेफ्री उदय अर्याल , नेपाल खेलकुद महासंघ केन्द्रिय सचिव सन्ताेस वान्तवा , जिल्ला ब्याडमिन्टन संघ सुनसरीका अध्यक्ष प्रतिक श्रेष्ठ , सशस्त्र प्रहरी वल खेलकुद महाशाखा प्रमुख प्रहरी उपरिक्षक सुधिर सुवेदि लगायतले सुभकामना मन्तब्य राखेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments