•  ९ चैत्र २०८१
  •  7:24:47 PM

इटहरीमा अन्तराष्टिय नाट्य महाेत्सव हुने

- फाल्गुन २२, २०८१ मा प्रकाशित



 इटहरी । सुनसरीको इटहरीमा पहिलो पटक अन्तराष्ट्रियस्तरको नाट्य महोत्सव हुने भएको छ । आगामी फागुन २१ देखि १३ सम्म इटहरी म्याट्रिक्स भवनमा सो महोत्सव हुने भएको हो । एसियन पिपुल्स थिएटर फेस्टिवल कमिटिले विश्वव्यावी रंगमञ्जको महोत्व आयोजना गर्दे जादा यो वर्ष नेपालमा परेको त्यसमा पनि काठमाडौं र पोखरालाइ छाडेर कोशी प्रदेशको इटहरीमा ल्याउन सफल भइएको रंगकर्मी इटहरी म्याट्रिक्सका सञ्चालक बिक्रम श्रीले बताए ।

एकै पटक १४ वटा भन्दा बढी एसियन मुलुकको सहभागीतामा पहिलो पटक नाट्य महोत्सव गर्न लागिएको उनले बताए । भारतको सिक्खिम , बंैकक , ढाका ,सांघाइ , चेङदु ,लण्डन,ताइपेइ , टोकीयो ,हङकल लगायतका राष्टहरूबाट पनि नाट्यकर्मीहरूको उपस्थिती रहने कलाकार बिक्रम श्रीले बताए ।

कोशि प्रदेश भरका नाट्यकर्मीहरूलाय एकै साथ जोडने र रंगमञ्चको दुनीयामा भर्खरै प्रवेश गरेका तेश्रो पुस्तालाइ उत्साह तथा हौशला प्रदान गर्नकै लागि भएपनि यो महोत्सवले ठुलो भुमिका निर्वाह गर्ने नाट्यकर्मी सुवर्ण पालिखेले बताए । महोत्सवको पुर्व सन्ध्यामा म्याट्रिक्स भवन वरिपरी सुन्दर बगैचा निर्माण देखि स्टेज निर्माणको काम अन्तीम चरणमा पुगेको पालिखेले बताए ।

त्यो संगै भवन रंग रोगनको काम सकिएको र पाहुनाहरूलाइ स्वागतको लागि गरिने सबै तयारी सकिएको उनले बताए । नाट्य महोत्सवमा कोशी प्रदेशबाट मात्रै ३ सय बढी रंगमञ्चका कलाकारहरूको उपस्थिती रहने जनाइएको छ ।

Comments

सम्बन्धित खवर