
इटहरीबाट माेटरसाइकल चाेरेर फरार भएका २ जना उर्लावारीमा पक्राउ
- फाल्गुन २३, २०७९ मा प्रकाशित

इटहरी । इलाका प्रहरी कार्यालय पथरीले चोरीको २ वटा मोटरसाइकल सहित २ जनालाई पक्राउ गरेको छ । उर्लाबारीको सिमसार क्षेत्रबाट उर्लाबारी ९ दुर्गापुरीका २७ वर्षका प्रदिप योन्जन र मझुवा ४ सिन्धुली २५ वर्षे सरोज मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुसहित गत आइतबार को ३८ प ९६१४ नम्बर पल्सर मोटरसाइकल र को २० प १९४२ नम्बरको पल्सर मोटरसाइकल सहित पक्राउ गरिएको थियो ।
प्रहरीले जानकारी दिए अनुसार उक्त मोटरसाइकल इटहरीबाट गत फागुन २० गते हराएको र पक्राउ परेका मोटरसाइकल सहित उनीहरुलाई इलाका प्रहरी कार्यालय इटहरी नै पठाउने तयारी भएको पथरी प्रहरीले जनाएको छ ।
फागुन २० गते शनिबार राति इटहरी ९बस्ने हेमनारायण श्रेष्ठको को २५ प ५३४० नम्बरको २२०सिसिको पल्सर मोटरसाईकल र डम्बर राईको को २० प १९४३ नम्बरको २२०सिसिकै मोटरसाईकल आ–आफ्नो घरमा पार्किङ गरी राखेको अवस्थामा नै चोरी भएको थियो।
दुवैजनाको २२०सिसिको मोटरसाईकल चोरी भएको घटनाको इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन परेको र खोजतलासको क्रममा फागुन २१गते आइतबार अपरान्ह ४बजेतिर मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर २ सिमसारमा मानिस बसोबास नगर्ने पुरानो टहराको आँगनमा दुईवटा मोटरसाईकल राखेर पार्टसहरु खोल्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले योञ्जन र मगरलाई नियन्त्रणमा लिएको हो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments