
इटहरीबाट डुबानको समस्या निमिट्यान्न पार्ने हेमकर्णको प्रतिबद्धता
- बैशाख २२, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयर पदमा गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिएका नेपाली कांग्रेसका नगर सभापति हेमकर्ण पौडेलले इटहरीवासीको दुःखका रुपमा रेहेको डुबानको समस्या आफू निर्वाचित भए सदाका लागि समाप्त पारिदिने बताएका छन् ।
इटहरी ८ मा घर दैलो कार्यक्रममा बोल्दै उनले आफू निर्वाचित भए नगर सकारलाई प्राप्त पहिलो बजेट नै डुबानको समस्या हल गर्नमा खर्च गर्ने उल्लेख गरे । उनले भने “अब बाढी आँउदा छोराछोरी कसरी जोगाउने र ट्याङ्ग्राले ज्यान खान्छ भन्दै रात बिताउनु पर्ने अवस्था काँग्रेस नेतृत्वको इटहरी सरकारले अन्त्य गर्ने छ ।”
घरदैलो अभियानका क्रममा पौडेल दैनिक रुपमा मतदातासमक्ष पुगिरहेका छन् । मतदाताहरुले आफ्नो जित सुनिश्चित रहेको बताएको उनको भनाइ छ । गठबन्धनका तर्फबाट पौडेल मेयर पदका लागि प्रतिस्पर्धामा रहँदा गठबन्धनमै आबद्ध नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशवकुमार बिष्ट उपमेयर पदका प्रत्यासी बनेका छन् । नगरको द्रुततर विकासका लागि गठबन्धनसम्बद्ध सबै उम्मेदवारलाई विजयी गराइदिन उनीहरुले अपिल गरेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments