
इटहरीबाट आठ किलो यार्सागुम्बासहित दुई जना पक्राउ
- असार ९, २०८० मा प्रकाशित
इटहरी । सुनसरीको इटहरीबाट प्रहरीले आठ किलो भन्दा बढी यार्सागुम्बासहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो कोशी राजमार्गको इटहरी उपमहानगरपालिका– २० तरहराबाट ८ किलो दुई सय ग्राम यार्सागुम्बासहित दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा धरान उपमहानगरपालिका– ३ बस्ने ४२ वर्षीय छजुङ्ग भोटे र धरान १९ का पुष्पराज राई छन् । धरानबाट इटहरी आँउदै गरेको को २ ह १०७ नम्बरको अटोलाई चेकजाँचका क्रममा दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार राई अटो चालक हुन् । प्रहरीका अनुसार छजुङ्ग भोटे बसेको सिट पछाडीको भागमा रातो रङको स्याउको कार्टुन भित्र लुकाई राखेको अवस्थामा ८ किलो २५० ग्राम दुर्लभ बनस्पती यार्सागुम्बा फेला परेको हो ।
यार्सागुम्बा ओसार पसार गर्न प्रयोग गरेको को २ ह १०७ नम्बरको अटो र यार्सागुम्बासहित पक्राउ परेका दुई जनालाई प्रहरीले कारवाहीका लागि सव डिभिजन वन कार्यालय तरहरामा बुझाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments