
इटहरीको २० नम्बर वडामा हेमकर्णको अग्रता, २०० मध्ये १०६ मत प्राप्त
- बैशाख ३१, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा हिजो सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ ।
हालसम्म वडा नम्बर २० को २०० मत गणना भएको निर्वाचन कार्यालय इटहरीले जनाएको छ । पछिल्लो मतपरिणामअनुसार सो वडामा मेयर पदमा बाम लोकतान्त्रिक संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नगर सभापति हेमकर्ण पौडेलले एक ६ मतका साथ अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नगर अध्यक्षसमेत रहेका यामकुमार सुब्बा ६२ मतका साथ सो वडामा पौडेललाई पछ्याइरहेका छन् ।
१२ मतका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार आकाश सुब्बा तेस्रो स्थानमा रहेका छन् । यसैगरी, उपमेयरतर्फ एमाले उम्मेदवार सङ्गीता चौधरी ६५ मतका साथ अग्रस्थानमा रहेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उपमेयरको उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशवकुमार बिष्ट ६१ मतका साथ चौधरीलाई पछ्याइरहेका छन् । केही स्वतन्त्र उम्मेदवारहरुसहित इटहरीको मेयर पदमा कुल १६ जना आकांक्षीहरु प्रतिस्पर्धामा रहेका छन् ।
हिजो सम्पन्न मतदानमा इटहरीका २० वटै वडाका जम्मा एक लाख चार हजार ६ सय २६ मतदातामध्ये ७३ हजार सात सय ३२ जनाले मतदान गरेका थिए । यो संख्या कुल मतदाता संख्याको ७०.४७ प्रतिशत हो । अर्थात् इटहरी उपमहानगरमा ७०.४७ प्रतिशत मत खसेको छ । २० नम्बर वडामा जम्मा सात हजार नौ सय ७४ मतदाता रहेकोमा चार हजार नौ सय १६ जनाले मतदान गरेका छन् । अर्थात् २० नम्बर वडामा जम्मा ६१.६५ प्रतिशत मत खसेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments