
इटहरीको मेयरमा हेमकर्ण पौडेलको अग्रता, गनेकोमध्ये ४५ प्रतिशत मत पौडेलकै पोल्टामा
- जेष्ठ ५, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनको मतगणना जारी छ ।
हालसम्म ३६,२०९ मतको गणना सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ । हालसम्म बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नगर सभापति हेमकर्ण पौडेलको अग्रता कायम छ । पौडेलले हालसम्म १६ हजार पाँच सय आठ मत प्राप्त गरेका छन् ।
यो संख्या हालसम्म गणना भएको मतको ४५ प्रतिशत हुन आउँछ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यामकुमार सुब्बा १३ हजार आठ सय ७९ मतका साथ पौडेललाई पछ्याइरहेका छन् । उपमेयरतर्फ नेकपा एमालेकी उम्मेदवार सङ्गीता चौधरी १५ हजार ६ सय ९३ मतका साथ अग्रस्थानमा रहेकी छन् ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशवकुमार बिष्ट नौ हजार ६ सय ४३ मतका साथ चौधरीलाई पछ्याइरहेका छन् । यस्तै, राप्रपाका मेयर उम्मेदवार आकाश सुब्बाको १,५६५ मत प्राप्त भएको छ भने उपमेयरमा राप्रपाकी वविता चौधरीको २,०८६ मत प्राप्त भएको छ ।
इटहरीमा हालसम्म १, ३, १८, १९ र २० नम्बर वडाको मतगणना सम्पन्न भइसकेको छ । हाल इटहरीको २, ४, ५, ६, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments