
इटहरीको मेयरमा हेमकर्णको अग्रता कायमै, उपमेयरमा चौधरी अग्रस्थानमा
- जेष्ठ १, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनको मतगणना जारी छ ।
पछिल्लो मतपरिणामअनुसार चार हजार नौ सय ७८ मत गणना हुँदा मेयर पदमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेस नगर सभापति हेमकर्ण पौडेल चार हजार नौ सय ७८ मतका साथ अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यामकुमार सुब्बा एक हजार आठ सय २५ मतका साथ पौडेललाई पछ्याइरहेका छन् ।
यसैगरी, उपमेयरमा एमालेकी उम्मेदवार सङ्गीता चौधरी १९६५ मतका साथ अग्रस्थानमा रहेकी छन् । गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशवकुमार बिष्ट एक हजार पाँच सय १७ मतका साथ चौधरीलाई पछ्याइरहेका छन् । केही स्वतन्त्र उम्मेदवारहरुसहित इटहरीको मेयर पदमा कुल १६ जना आकांक्षीहरु प्रतिस्पर्धामा रहेका छन् ।
वैशाख ३० गते सम्पन्न मतदानमा इटहरीका २० वटै वडाका जम्मा एक लाख चार हजार ६ सय २६ मतदातामध्ये ७३ हजार सात सय ३२ जनाले मतदान गरेका थिए । यो संख्या कुल मतदाता संख्याको ७०.४७ प्रतिशत हो । अर्थात् इटहरी उपमहानगरमा ७०.४७ प्रतिशत मत खसेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments