
इटहरीको मेयरमा गठबन्धनका हेमकर्णको अग्रता यथावत
- जेष्ठ ४, २०७९ मा प्रकाशित
इटहरी: सुनसरीको इटहरी उपमहानगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनको मतगणना जारी छ ।
हालसम्म ३० हजार दुई सय ४४ मतको गणना सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ । कार्यालयका अनुसार हालसम्म बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार बनेका नेपाली कांग्रेसका नगर सभापति हेमकर्ण पौडेल १३ हजार सात सय ७९ मतका साथ अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी
नेकपा एमालेका यामकुमार सुब्बाको ११ हजार पाँच सय ६५ मतका साथ पौडेललाई पछ्याइरहेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मेयर पदमा उम्मेदवारी दिएका आकाश सुब्बा एक हजार तीन सय २० मतका साथ तेस्रो स्थानमा रहेका छन् । उपमेयरतर्फ नेकपा एमालेकी संगीता चौधरी १२ हजार नौ सय ९४ मतका साथ अग्रस्थानमा रहँदा उनका निकटतम प्रतिद्वन्द्वी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशवकुमार विष्ट आठ हजार दुई सय नौ मतका साथ सङ्गीतालाई पछ्याइरहेका छन् । यस्तै, राप्रपाबाट उपमेयर पदमा उम्मेदवार रहेकी वविता चौधरीको एक हजार सात सय ५२ मत आएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments