
इटहरीको मेयरका स्वतन्त्र उम्मेदवार पदम अधिकारी चुनाव जित्ने कुरामा निश्चिन्त
- बैशाख १९, २०७९ मा प्रकाशित
इटहरीः स्वतन्त्र तर्फबाट इटहरी उपमहानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएका पदम अधिकारीले बिचारका हिसावले आफुले जित निकालिसकेको बताएका छन् ।
आइतबार इटहरीमा भएको योजना कार्यान्वायन पत्र सार्वजनिक कार्यक्रममा बोल्दै अधिकारीले आफ्नै क्षमता र मेहनतले कार्ययोजना पत्र तयार पारेको भन्दै आफुले बिचारका हिसावले हित हासिल गरिसकेको बताएका थिए ।
दलहरुको विकल्पमा लोकतन्त्रको संस्थागत गरौँ, सुशासनका लागि नागरिक सशक्तिकरण कायम गरौँ भन्ने नाराका साथ स्वतन्त्र उम्मेद्वार बनेर चुनावी मैदानमा उत्रिएका मेयर पदमा पदम कुमार अधिकारी , उपमेयर पदमा अन्जु कुमारी सिंह खवास, वडा अध्यक्षहरु वडा नम्बर ५ का सुरेस सुवेदी, वडा नम्बर ७ मा भिनेश्वर खवास, वडा नम्बर १० मा षडानन्द दाहाल र वडा नम्बर १३ मा सुनरलाल चौधरीले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । स्वतन्त्र उम्मेद्वारी दिनेहरुमा पनि आफुहरुको विचार मिलेका कारण एक भएर अगाडी बढेको मेयरका उम्मेद्वार अधिकारीले बताएका छन् ।
योजना कार्यान्वयन पत्र सार्वजनिक गर्दै स्वतन्त्र उम्मेद्वारहरुले दलप्रतिनिधि नभई जनप्रतिनिधि छनौट गर्नका लागि स्थानीय तहमा स्वतन्त्र उम्मेद्वारहरुलाई जिताउनु पर्ने आवश्यकता औल्याए । स्वतन्त्र उम्मेद्वारले जिते उनिहरु जनताप्रति उत्तरदायी हुने तर दलका प्रतिनिधिले जिते उनिहरु दलप्रति उत्तरदायी हुने हुँदा दलतन्त्र भन्दा जनप्रतिनिधि छान्न स्वतन्त्र उम्मेद्वारलाई विजयी गराउनुपर्ने बताएका छन् ।
इटहरीको बाढी र डुवानको दिर्घकालिन समाधानका लागि आफुहरुसँग स्पष्ट योजना रहेको अधिकारीले सुनाए । उनले इटहरीको आगलागी समस्या, बाढिको समस्या, पैसा पलायनको समस्या, बहाल करको समस्या, ट्राफिक अनुसासन, संस्कृतीको अतिक्रमणको समस्या आदीले इटहरीलाई गाँजेको र त्यसबाट मुक्ति पाउन आफुलाई जिताउनु पर्ने भनाई राखेका छन् ।
आफुले जितेको खण्डमा मानव संसाधनको अभिलेखिकरण गर्ने , आवधिक कार्ययोजना बनाएर लघु औद्योगिक क्षेत्रको निर्माण गर्दै सम्वयात्म संयन्त्रको निर्माण सहित पर्यटन, शहरि कृषि आवास , फोहोर व्यावस्थापन, पर्यावरण निति लगायतका व्यावस्था ल्याएर इटहरीलाई सम्मुन्नत शहर बनाउने कार्ययोजना मेयरका उम्मेद्वार अधिकारीले प्रस्तुत गरेका छन् ।
उनले खेलकुदका लागि खेलकुद विकास समिति बनाएर लैजाने , कला साहित्य र संगीतका लागि स्वायत्त प्रज्ञा प्रतिष्ठान बनाउने, थारु भाषालाई स्थानीय कामकाजको भाषाको रुपमा मान्यता दिने, खानेपानी प्राद्यिकरण बनाउने जस्ता योजनालाई अघि सारेका छन् । अधिकारी सहित ६ जना स्वतन्त्र उम्मेद्वारको टोली इटहरी उपमहानगरको आसन्न निर्वाचनमा खानेपानीको धारा चुनाव चिन्ह बाट चुनावी मैदानमा होमिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments