
इटहरीको बुढीगंगामा साउन २ गते देखि शिवगंगा महा आरती : पितृउद्धारकालागि लाख बत्ती बालिने
- असार ३०, २०७९ मा प्रकाशित
इटहरी । सुनसरी र मोरङको संगम स्थल इटहरीको बुढिगंगा जमुना मुक्ती घाटमा आगामी साउन २ गते देखि शिवगंगा महा आरती हुने भएको छ । नेपाललाइ हिन्दु राष्ट्र घोषणा गराउन सरकारलाइ दबाब स्वोरूप र पितृ उद्धारकानिमित्त सो कार्यक्रम गरिने भएको हो ।
शिव सेना नेपाल सुनसरी जिल्ला कार्य समितिले इटहरीमा पहिलो पटक पितृहरूको उद्धारका निमित्त बुढि गंगाजमुना मुक्तीघाटमा लाख बत्ती बालिनुका साथै महाआरती गरिने भएको हो । साउन महिनाको प्रत्येक सोमबार यो आरती गरिने शिव सेना नेपाल सुनसरीका अध्यक्ष हिरा आचार्यले बताउनुभयो । पितृहरूको आशिर्वाद सदैव रहिरहोस भन्ने कामना सहित पवित्र गंगास्वोरूप मुक्तिधाममा सन्ध्याकालिन महा आरतीको आयोजना गरिने जनाइएको छ ।
नेपालभरीका चर्चित साधुसन्त लगायत पुजारी र हिन्दुधर्म प्रति आश्था राख्ने शयौ भक्तजनहरूको उपस्थितीमा साउनको प्रत्येक सोमबार शिवगंगा महा आरती र पितृ उद्धारकानिमित्त लाखबत्ती बालिने आयोजक शिवसेना नेपाल सुनसरीका अध्यक्ष हिरा आचार्यले बताउनुभयो ।
इटहरीकाे बुढिगंगा मुक्तीघाटकाे बेग्लै पहिचान र इतिहास भएपनि यसकाे प्रचार हुन नसक्दा पछि परेकाे उल्लेख गर्दै साेहि कार्यक्रम मार्फत यस क्षेत्रलाइ धार्मीक पर्यटकीय क्षेत्रको रुपमा बिकास गरीने अध्यक्ष आचार्यले बताउनुभयो । मुक्तिघाटमा अन्तिम संस्कार पछि पितृहरूकाे उद्धार हाेस भन्ने कामना सहित ब्राह्मणहरुद्धारा बेद मन्त्र पाठ सहित लाख बत्ती बालिने जनाइएको छ ।
इटहरीमै पहिलो पटक आयोजना गर्न लागिएको यस कार्यक्रमलाइ भब्य र ब्यवस्थित बनाउन शिव सेना नेपाल सुनसरीका सदस्य टिआर भुजेलको संयोजकत्वोमा आयोजक समिती बनाइएको जनाइएको छ । पछिल्लो समय धार्मिक पर्यटकिय स्थलको रूपमा स्थापित भएको बुढिगंगा जमुना मुक्ती घाटमा बिश्व शान्तीको कामना गर्दै शिवगंगा महा आरती र पितृउद्धारका निमित्त लाख बत्ती बालिने जनाइएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments