
इटहरीको गल्ली गल्लीमा अवैध म्यानपावर : अनुगमन आउँदा व्यवसायीको भागाभाग, पाँचवटामा ताला
- बैशाख ३०, २०८० मा प्रकाशित

इटहरी । सुनसरीको इटहरीस्थित विभिन्न म्यानपावर कम्पनीहरूको शाखामा वैदेशिक रोजगार विभागले शुक्रवार छड्के अनुगमन गरेको छ । सम्बन्धित निकायबाट अनुमति नै नलिई शाखा खोलेर व्यवसाय सञ्चालन गरेको मौखिक उजुरीको आधारमा विभागले अनुगमन गरेको हो ।
अनुगमनकै क्रममा विभागको टोलीले इटहरीको पाँचवटा अवैध मेन पावरका शाखाहरूमा ताला समेत लगाएको छ । टोलिले महेश थापाद्वारा सञ्चालित एडभान्स म्यानपावर , विदुर गुरुङको वर्ल्ड एण्ड वर्ल्ड म्यानपावर , टिकाराम घिमिरेले सञ्चालन गरेको डिलक्स ।परि म्यानपावर , त्यसै गरी मोभिरा एच आर ओभरसिज र ब्रिज स्काइ इन्टरनेशनलमा ताला लगाएको हो ।
उनीहरूले विभागबाट अनुमति नलिई आफू खुसी शाखा स्थापना गरी व्यवसाय सुचारु गरेको पाइएकोले तत्काल ताला लगाइएको वैदेशिक रोजगार विभागका निर्देशक कृष्ण प्रसाद भुसालले बताउनुभयो । अनुगमनको टोली आउँदा इटहरीमा मेन पावर व्यवसायीहरूको भाग दौड मच्चिएको थियो भने केहीले आफ्नो व्यवसाय नै बन्द गरेर फरार भएका थिए ।
अनुगमनकै क्रममा बाहरि बोर्ड नराखी केहीले शाखा कार्यालय भन्दै कारोबार गरिरहेको पनि पाइएको थियो । त्यस्तै मोभिरा एच आर ओभरसिज , डिलक्स , परि म्यानपावरले हुँदै नभएको अरू विदेशी कम्पनीको डिमाण्ड चोरी गरी सूचना निकाल्दै सर्वसाधारणलाइ ठग्ने गरेको भेटिएको थियो । टोलीले फटाइ गरेको प्रमाणित भएका दुवै शाखाहरूमा तत्काल ताला लगाइएको हो ।
सर्वसाधारणबाट अवैध म्यानपावरले ब्यापक ठगी गरेको गुनासो आउन थालेपछि विभागले टोली नै बनाएर अनुगमन थालेको निर्देशक भुसालले बताउनुभयो । यस अघि पनि इटहरीमा पटक पटक विभागले मेनपावरहरुमा छापा मार्दै चेतावनी दिँदै आएको थियो । टोलीले शुक्रवार इटहरीको विभिन्न स्थानमा रहेका ९ वटा बढी म्यानपावरका शाखाहरूमा छड्के अनुगमन गरेको थियो ।
यता विभागले गरेको अनुगमनलाई केही व्यवसायीले साथ दिएका थिए भने केहीले झारो टार्ने काम मात्र भएको आरोप लगाएका छन् । यस अघि पनि यसै गरी अनुगमन गरिएको र अवैध मानिएका ५ वटामा ताला लगाए पनि भोलि पल्टै खोलिएको म्यानपावर व्यवसायीहरूले बताएका छन् । अवैध म्यानपावरका शाखाहरूका कारण नीति अनुसार सञ्चालन हुँदै आएका वैधानिक मेनपावरहरु बदनाम भएको व्यवसायीहरूकै ठहर छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments