
इटहरीकि मनिला मृत्यु प्रकरण : तिन दिन अघी गर्भपतन गराएकि थिइन : शरिरमा निलडाम देखिएपछि हत्या आशंका : माइती पक्षद्वारा छानबिन माग गर्दै प्रहरीमा उजुरी
- श्रावण २८, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरी ५ निवाशी २४ वर्षिया मनिला बुढाथोकिको शंकासपद मृत्युपछि हत्या आशंका गर्दै माइतीपक्षले छानविन गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका छन । तिनदिन अघि इटहरीकै परिवार नियोजनमा सुरक्षीत गर्भपतन गराएकि मनिलाको तिनदिनपछि अत्याधिक रक्तश्रावका कारण बुढीगंगास्थित विराट मेडिकल कलेजमा मृत्यु भएको थीयो ।
धनकुटा जिल्ला पाख्रीबास नगरपालिका वडा नं ४ माइती घर भएकि मनिलाको शरिरको बिभिन्न भागमा निलडाम देखिएपछि कुटपिटबाट हत्या गरेको आशंका सहित माइति पक्षले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका छन ।
मनिलाको श्रीमानसंग केहि महिना देखि खटपट रहेको र मादक पदार्थ सेवन गरी श्रीमतीमाथी कुटपिट गर्ने गरेको मनिलाको दाजु नवराज थापाले बताए । एक महिना अघि मात्रै मनिलाले फोन गरेर मेरो ज्यान तलमाथी परे यसलाइ नछोडनु भनेर भाइ बिपिन बुढाथोकिलाइ जानकारी गराएको दाजु नवराज थापाले बताए । धनकुटा जिल्लाको पाख्रिबास नगरपालिकाबाट विवाह गरी इटहरी आएकी मृतक मनिला को ४ बर्षीया छोरी समेत छिन् ।
हाल मनिलाको शव पोस्टमार्टमकोलागि कोशी अञ्चल बिराटनगर लगिएको छ । रिपोर्ट आएपछि मात्रै घटना केहो थहा हुने इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments