
इटहरीका सरोज गौतम जाे उखुकाे रस बेचेरै कमाउछन महिनाकाे ९० हजार
- बैशाख १०, २०८२ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिका–६ का सरोज गौतमले ११ वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आएका छन् । उनको गर्मी मौसममा मासिक ९० हजारसम्म आम्दानी हुने गरेको छ।बढिरहेको चर्को गर्मी अनि सडक छेउमा राखिएको उखु जुसको कक्ष (स्टल) त्यस स्टलभित्र राखिएको प्रेस उपकरण, त्यही उपकरणले पेलेर दिएको मिठो जुस यात्रीका लागि शीतलता दिनुका साथै व्यापारीको आम्दानी पनि बढाएको छ ।
गौतम सात वर्ष मलेसियामा सुरक्षा गार्डका रूपमा काम गरेर स्वदेश फर्केपछि इटहरी घर नजिकै एउटा गल्लीमा उखुको जुस बनाउने व्यापार सुरु गरे । उनले ११ वर्षदेखि यही पेसा गर्दै आएको भन्दै गर्मी समयमा मासिक ९० हजारसम्म आम्दानी हुने जानकारी दिए । उनका अनुसार सबै खर्च कटाएर मासिक ४० हजार बचत हुने गरेको छ । गौतमले भने, ‘उखुको जुस बेचेर छोराछोरी पढाउनुका साथै सबै घरखर्च पुगेको छ । विदेशमा तातो घाममा दुःख गर्नुभन्दा स्वदेशमै सानै भए पनि आफ्नो व्यवसाय सञ्चालन गर्नु उपयुक्त हुन्छ ।’ सुरुमा टेम्पो चलाए पनि आम्दानी नभएपछि ७० हजारमा जुस बनाउने उपकरण किनेर व्यवसाय सुरु गरेको उनको भनाइ छ । ‘जुस बनाउने उखु सहजै उपलब्ध हुन्छ, समस्या छैन । आफैले बराहक्षेत्रमा करिब एक बिघा जग्गा भाडामा लिएर उखुखेती गरेको छु । अपुग भएमा अन्य किसानसँग किन्ने गर्दछु’, उनले भने ।
उखुको जुस स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि उपयुक्त हुने इटहरीका अस्मिता श्रेष्ठले बताइन्। ‘गर्मीमा बाहिर पसलमा राखिएका तयारी जुस पिउनुभन्दा यहाँको ताजा र स्वादिलो जुस पिउँदा स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ’, उनले भनिन् । गौतम जस्तै धरान उपमहानगरपालिका–५ का दीपक श्रेष्ठ १० वर्ष कतार र चार वर्ष इरानमा काम गरेर स्वदेश फर्किए । उनले अहिले धरानका गल्लीगल्लीमा आफ्नो व्यवसायलाई विस्तार गरेका छन् । यही पेसाबाट जीविकोपार्जन भइरहेको उनले बताए ।
‘सुरुमा धेरै चुनौती र समस्याहरु भए पनि अहिले यो व्यवसायले सन्तुष्टि दिएको छ । अहिले मसँग सामूहिक रूपमा काम गर्ने दुई जना साथी पनि जोेडिनु भएको छ । हामीले सामूहिक रूपमा धरान, इटहरीलगायत विभिन्न ठाउँमा उखुको जुसको कक्ष राखेका छौँ’, क्षेष्ठले भने । सानो लगानी भए पनि जुसका लागि उखु खरिद, उपकरण, बजारको प्रतिस्पर्धी वातावरणसँग जुध्नुपर्ने भएकाले सुरुआतमा चुनौतीपूर्ण रहेको उनले सुनाए । उनले भने, ‘सुरुमा ग्राहक आउनु हुँदैनथ्यो । गल्लीहरू र घरघरमा गएर जुस खाइदिनु पर्यो भन्दै बेचेर हिँड्यौँ । अहिले भने ग्राहकले फोन गरेर जुसको कक्ष खोज्दै आउनु हुन्छ ।’
श्रेष्ठको स्टलमा १० वर्षदेखि एक जनाले रोजगारी समेत पाएका छन् । झापामा तीन बिघा जग्गामा उखुखेती गरेको बताउँदै उनले खेतीमा सहजीकरण गर्न थप दुई जनालाई रोजगारी दिएको जानकारी दिए । ‘आफ्नो व्यवसायसँगै अरुलाई रोजगार दिन सक्दा गर्व महसुस हुन्छ । सानो लगानीबाट सुरु गरेको व्यवसायबाट अहिले मनग्ये आम्दानी भइरहेको छ । व्यापार सधैँ एकनासको हुँदैन तर सन्तोषजनक छ । सबै कर्मचारीलाई तलब, छोराछोरी पढाउने, घर खर्च पुगेर ७० हजार बचत हुन्छ’, उनले भने । श्रेष्ठले आफ्नो जुस व्यवसायलाई व्यापारका रूपमा मात्र नलिएर स्वास्थ्य र वातावरणका लागि प्रभावकारी विकल्पका रूपमा लिएको बताए । ‘तयारी जुसमा स्वास्थ्यलाई असर गर्ने अनावश्यक केमिकलहरू हुन्छन् । हामीले बनाउँदा उखु, बिरे नुन, पुदिना, कागती र घरमा बनाइएका बरफ प्रयोग गर्छौं । जुस प्रतिगिलास ५० मा बिक्री हुन्छ’, उनले भने ।
जाडो मौसममा अरुको घरमा काम गरे पनि गर्मीको समयमा उखुको जुसको व्यवसायले जीविकोपार्जन हुने गरेको इटहरी–२० का अमिर खड्काले बताए । उनले भने, ‘जाडो मौसममा अरुको ज्यालामजदुरी गरे पनि माघ अन्तिमदेखि भदौसम्म जुसको व्यवसाय गर्दै आएको छु ।’ उनका अनुसार माघदेखि भदौसम्म मासिक रूपमा रु ६० देखि रु ७० हजारसम्म आम्दानी हुन्छ । गर्मीको समय सुरु भएसँगै धरान, इटहरीलगायत बजार क्षेत्रमा उखुको जुस बिक्री गर्ने सयौँ व्यवसायी छन् । कम लगानीमा मनग्ये आम्दानी हुने भएकाले यो व्यवसायप्रति धेरैको आकर्षण बढ्दै गएको हो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments