
इटहरीका युवा नेता मदन चुडाल सुनसरी–२ बाट माओवादी केन्द्रद्वारा प्रतिनिधि सभा सदस्यका लागि सिफारिस
- भाद्र २३, २०७९ मा प्रकाशित
इटहरी । नेकपा माओवादी केन्द्रले आगामी चुनावमा प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ सुनसरी–२बाट युवा नेता मदन चुडाललाई सिफारिस गरेको छ। चुडालसँगै पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सचेतक रामकुमारी चौधरीलाई पनि सिफारिस गरिएको छ।
चुडाल माओवादी इटहरी उपमहानगरपालिकाका इञ्चार्ज हुन्। उनी यसअघि माओवादीनिकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेका व्यक्ति हुन्।सत्ता गठबन्धनका तर्फबाट सुनसरी–२ मा माओवादीको दाबी रहने बताइएको छ। यसअघि उक्त क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार हिमाल सुवेदीलाई नेपाली कांग्रेसका सिताराम मेहताले पराजित गरेका थिए।
तर उक्त क्षेत्र वामपन्थीले जित निकालिरहेका कारण युवा नेता चुडालले टिकट पाएको खण्डमा बिजयी हुने आँकलन गरिएको छ। उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादी, माओवादी, नेकपा एमालेलगायतको प्रभाव रहेको छ।चुडाल बामपन्थीहरूमाझ चर्चित रहेको र उक्त क्षेत्रका दुर दराजमा पनि उनको राम्रो सक्रियता रहेको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments