
इटहरीका महिलाहरुलाई आत्मनिर्भर बनाउने गठबन्धनको वचन
- बैशाख २३, २०७९ मा प्रकाशित
इटहरीः यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि बनेको इटहरीको गठबन्धनका उपमेयरका उम्मेद्वार केशव कुमार विष्टले गठबन्धनको तर्फबाट इटहरीको सरकारमा आफुहरुलाई विजयी गराए महिलाहरुको लागि सीपमुलक तालिम र व्यवसायी मुखी सीपको सुनिश्चितता गर्ने बताएका छन् ।
गठबन्धनका महिला संगठनहरुको सयुक्त आयोजनामा बिहिबार भएको महिला परिचालन समितिको कार्यक्रममा बोल्दै विष्टले इटहरीका महिलालाई व्यवसाय र रोजगारसँग जोड्नका लागि सीपमुलक तालिमहरु संचालन गर्ने र पेशासँग जोड्ने आफुहरुको योजना रहेको सुनाए । ‘रसवरी खाएर, फोटो खिच्ने अनि बजेट सक्ने कार्यक्रम गर्दैनौ, सीप सिकिसकेपछि तपाईलाई रोजगार वा पेशा व्यवसाय गर्ने ग्यारेन्टिको वातवरण बनाउँछौँ ।’ विष्टले अघि भने । शिक्षाको क्षेत्रमा एक बर्ष भित्रै सामुदायीक विद्यालयको गुणस्तर नीजि विद्यालय सरह बनाउने उद्घोष समेत विष्टले गरे ।
विष्टले इटहरीलाई मुलुकको तेस्रो ठुलो शहरको रुपमा अवको १५ बर्षभित्रै बनाईसक्ने स्पष्ट भिजन आफुसँग भएको बताउँदै ५ बर्षमा इटहरीले महानगरको यात्रामा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।उपमेयरका प्रत्यासी विष्टले यसै बर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने र उपमहानगरले वृद्धहरुलाई घरमै भत्ताको व्यवस्था गर्ने बताएका छन् ।
विपक्षी पार्टीहरुले गठबन्धनले उपमेयरमा महिलालाई अघि नसारेर महिलाको हकको सुनिश्चितता नगरेको भन्ने भनाईप्रति लक्षित गर्दै गठबन्धनका तर्फबाट मेयरका उम्मेद्वार हेमकर्ण पौडेलले आफुहरु महिलालाई सम्मान गर्ने र बिशेष परिस्थितीमा बनेको गठबन्धन भएको हुनाले महिला समेट्न नसकेपनि कानुनत महिलाको हकमाथी आफुहरुले अन्याय नगर्ने स्पष्ट पारे । पौडेलले विजयी भएपछि पहिला महिलाहरुसँगै बसेर भावी योजनाको बारेमा बिमर्श गर्ने र कहाँ कसरी महिलाहरुको अधिकारको विषयलाई लिएर समेट्नु पर्ने हो त्यहाँ समेट्न आफुहरु तयार रहेको बताए ।
व्यक्ति भएर परिवर्तन नहुने बताउँदै मेयरका प्रत्यासी पौडेलले आफुहरु पद्धती बनाएर अघि बढ्ने र थारुहरुका समस्या, अल्पसंख्यक जनजातीहरुका समस्या समाधानको लागि संकल्प लिएर अगाडी बढेको स्पष्ट पारे । पार्टीहरुले थारुका मुद्धालाई भोट बैंकको रुपमा प्रयोग गरिरहेको बताउँदै इटहरी धेरै सम्भावना र थोरै चुनौताी बोकेर बनेको शहर भएकाले विकासको मुल फुटाउन आफुहरु एक भएर गठबन्धनमा साथ अगाडी बढेको र अव यो गठबन्धन १० बर्षसम्म एक भएर अघि बढ्ने उदघोष गरे । पौडेलले इटहरी ४ वटा गाविस जोडिएर बनेको उपमहानगर भएकाले गाउँलाई पनि शहरसँग जोड्नेगरी प्रतिस्पर्धा गराउने आफुहरुको लक्ष्य रहेको बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments