
इटहरीका ब्यवसायीद्वारा कर कार्यालय घेराउ : छापामार शैलीमा अनुगमन गरेकाे आरोप
- मंसिर २६, २०७९ मा प्रकाशित
इटहरी । इटहरीका व्यवसायीहरूले सोमबार दिउसो आन्तरिक राजस्व कार्यालय ९ कर कार्यालय० घेराउ गरेका छन । छापामार शैलीमा खुद्रा तथा हेलसेल पसलहरूमा अनुगमन गर्दै अनावस्यक दुख दिएको बिरोधमा इटहरीका व्यवसायीहरूले कार्यालय घेराउ गरेका हुन ।
सोमबार दिउसो इटहरीको संगित चौकमा केहि व्यवसायहरूमा कर कार्यालयले अनुगमन गरेको थियो ।अनुगमनको क्रममा सञ्चालक नभएको पशलमा पनि कर्मचारीले छापामार शैली अपनाएको भन्दै ब्यवसायीहरूले कर कार्यालय घेराउ गरेका हुन ।
ब्यवसायीहरूसंग नम्र तरिकाले पेश हुन र नियम बिपरित काम गर्ने पशल तथा सञ्चालकलाइ कानुन अनुसार कार्वाही गर्न सुझाव सहित सोमबार कर कार्यालय इटहरी घेराउ गरिएको उद्योग वाणिज्य संघ इटहरीका सदस्य जिवन पराजुलीले बताए । उनले अनुगमन गर्दा उद्योग वाणिज्य संघका पदाधिकारी , स्थानिय सरकार प्रतिनिधि लगायत सबै निकाय संग समन्वय गरेर मात्र गर्न कार्यालय प्रमुखलाइ सुझाव दिएको बताए ।
यता आन्तरिक राजस्व कार्यालय ९ कर कार्यालय०का प्रमुख कर अधिकृत अर्जुन कुमार न्यौपानेले कर्मचारीहरूले छापामार शैलीमा अनुगमन नगरेको दाबी गरे । ब्यवसायीहरूबाट कर छली हुने गरेको सुचना प्राप्त भएपछि अनुगमन गरिएको बताए । अधिकृत न्यौपानेले अब देखि अनुगमन गर्दा उद्योग वाणिज्य संघका पदाधिकारी , स्थानिय सरकार र प्रसाशन संग समन्वय गरेर मात्रै अघि बढने बताए । साेमबार दिउसाे इटहरीकाे संगित चाैक स्थित जुत्ता पशल र कपडा पशलमा कर्मचारीले छडके अनुगमन गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments