
इटहरीकाे सामुदायिक अस्पताललाइ देशकै नमुना अस्पताल बनाइने , अब २४ सै घण्टा चिकित्सक सेवा पाइने
- बैशाख ४, २०७९ मा प्रकाशित
इटहरी । निजि क्षेत्रकाे लगानीबाट सञ्चालित सामुदायिक अस्पताल इटहरीले अब दक्ष चिकित्सकहरू सहितकाे २४ घण्टा आकस्मिक सेवालाइ प्राथमिकता दिदै थप सेवालाइ प्रभावकारी बनाउने भएकाे छ । शनिबार उक्त अस्पतालले आफ्नै भवनमा पत्रकारहरूसंग कुरा गर्दै बिरामिहरूकाे अवस्था र मानव स्वास्थ्यलाइ मध्यनजर गर्दै थप सेवाहरूलाइ प्रभावकारी बनाइने बताइएकाे छ ।
अस्पतालकाे सेवा विस्तार गर्ने विषयमा बाेल्दै सञ्चालक समितिका अध्यक्ष टंक दुलालले हाडजोर्नी, नशा तथा प्रसुती सम्वन्धी सेवाका विशेषज्ञ चिकित्सकबाट २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएको जानकारी गराए । बिरामिहरूलाइ इटहरीभित्रै सेवा उपलब्ध गराउने उद्येश्य सहित उपचारकालागि बाहिर कुनै शहर जान नपराेस भन्दै निजि लगानीबाट स्थापना गरिएकाे इटहरीकै पहिलाे अस्पतालले अब हाडजोर्नी, नशा तथा प्रसुती सम्वन्धी सेवाका लागि २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएकाे जनाइएकाे छ ।
वि.सं.२०५६सालमा इटहरी तथा आसपासका क्षेत्रका विरामीहरु उपचारका लागि रातको समयमा समेत धरान र विराटनगर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै २५जना सेयर सदस्य भएर सामुदायिक अस्पताल स्थापना गरेर सेवा दिदै आएकोमा हाल आफनै भवन र विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट सेवा उपलव्ध भएको अस्पतालका अध्यक्ष टंक दुलालले जानकारी गराए । पत्रकार सम्मेलनमा अध्यक्ष दुलालले १५वेड सञ्चालनमा रहेको अस्पताल चाडै नै २५वेडको सञ्चालनमा ल्याउन लागिएको समेत वताए । अस्पतालमा आधुनिक ल्याव सञ्चालनमा रहेको साथै विरामीले घरमै बसेर उपचार पाए जस्तै गरी सेवा प्रदान गरिदै आएको अस्पतालका मेडीकल सुपरिटेन्ड डा.डिल्ली राज रिजालले वताए ।
अस्पतालमा हाल २४सै घण्टा जनरल तथा आकस्मिक मेडिसिनका सम्पुर्ण रोक सम्वन्धी सेवा डा.डिल्लीराज रिजाल तथा डा.वुद्धिबहादुर गुरुङ्गबाट हाडजोर्नी तथा नशारोग सम्वन्धी २४ घण्टे सेवा ,बालरोग सम्वन्धी दैनिक तथा आकस्मिक सेवा , रेडियोलोजी सेवा, मानसिक रोग सम्वन्धी आकस्मिक तथा परामर्ष सेवा आँखा रोग , सौन्दर्य ,छाला ,यौन रोग सम्वन्धी सेवाहरु सञ्चालनमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments