
इटहरीकाे टेंग्रा मेलामा बैगुन ,घाेडा चढाउने भक्तजनहरूकाे घुइचाे (फाेटाे फिचर )
- बैशाख ३, २०८२ मा प्रकाशित

इटहरी । चैत्र मसान्तदेखि तराईमा हुने एक महिने सिरुवा मेला अन्तरगत सुनसरीको इटहरीमापनि सव्य र भव्य रूपले मनाइदैछ । यो वर्ष पनि इटहरी ट्यांग्रा मेलामा शयाै भक्तजनहरूले मनोकामना पुरा हुने विश्वासका साथ कचना महादेव मन्दिरभित्र हजाराै बैगुन र घोडा फुल चढाएका छन् ।
बैगुन र घोडा फुल चढाउँदा हात खुट्टा वा शरीरको कुनै अङ्गमा लुतो या घाउ खटिरा निको हुने जनविश्वास रहेको छ । यो सँगै भक्तजनहरूले निष्ठा पूर्वक कचना महादेवको पूजा गरे मनोकाङ्क्षा पुरा हुने वि€वास पनि रहेको छ । यसै विश्वासका साथ शयाै मानिसहरू मन्दिर बाहिर घण्टाै लाइन बसेर बैगुन र घोडा फुल चढाइ पूजाआजा गरी घर फर्किने गरेका छन् ।
अन्य स्थानमा लाग्ने सिरूवाकाे तुलनामा इटहरी टेङ्ग्रामा लाग्ने सिरूवा फरक रहेको त्याका जानकारहरू बताउँछन् । कतिपय स्थानमा परेवा बोका पाठा हाँस लगायतका पशु पन्छी समेतको बली चढाएर भूमिदेवको पूजा गर्ने परम्परा रहेको पाइन्छ ।
तर यहाँ भने बैगुन र घोडा फुल मात्रै चढाइने गरिएको छ । विशेष गरी थारु समुदायले नयाँ वर्षको सुख शान्ति र आफूभन्दा मान्यजनको सम्मान गर्ने धार्मिक पर्वका रूपमा पनि यसलाई विशेष महत्त्व दिएर मनाउने गरेको पाइन्छ । भक्तजनहरूकाे भिड ब्यवस्थित गर्न खानेपानी देखि लाइन , अावस्यक्ता अनुसार निशुल्क स्वासथ्य शिविर ,सुरक्षाकाे व्यवस्था सम्म मिलाइएकाे मन्दिर व्यवस्थापन समितीका अध्यक्ष राेसन तामाङले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments