
इटहरीकाे गरिमा हाेटल अब साेल्टीकै जिम्मामा , क्यासिनाे पनि सञ्चालन हुने ,ग्रान्ड ओपनिङको तयारी
- श्रावण ४, २०७९ मा प्रकाशित
इटहरी । स्थापनाकालदेखि नै निकै चर्चामा रहेकाे इटहरीस्थित पाँचतारेकाे उपनाम पाएकाे गरिमा हाेटल अब साेल्टी व्यवस्थापनमा सञ्चालन हुने भएकाे छ । निर्माण सम्पनन भइ सञ्चालनकाे अन्तीम तयारीमा रहेकाे गरिमालाइ पाँचतारे स्तरको सोल्टी वेस्टेण्डकाे नाममा सञ्चालन हुने भएकाे हाे ।
अहिले भित्रकाे वासरूम , वाथरूम लबीलाई आफ्नै शैलीमा परिवर्तन गरिरहेकोले आउँदो अगस्टमै होटल तयारी पूरा गरि सेप्टेम्बरबाट औपचारिकरुपमा संचालनमा ल्याउने तयारी रहेको बुझिएकाे छ । हाेटलभित्रै क्यासिनाे समेत सञ्चालन हुनेगरी यतिखेर विभिन्न कम्पनीसँग छलफल गरिरहेको पनि ब्यवस्थापन पक्षबाट बुझिएकाे छ । हाेटललाइ यहि वर्षकाे दशैं अघिनै सञ्चालनमा ल्याउने तयारी भइरहेकाे पनि बुझिएकाे छ ।
यो होटलमा कुल ९० वटा कोठा छ। होटलमा एउटा प्रेसिडेन्सियल सुइट, आठवटा सुइट रुम, १२ वटा एक्जुक्युटिभ रुम, २२ वटा डिलक्स रुम र ४७ वटा स्ट्यान्डर्ड रुम रहेका छन्। यस्तै, दुईवटा ब्यांक्वेट, तीनवटा सेमिनार हल, स्पा, जिम, रेष्टुरेण्ट, लाउन्ज लगायत विभिन्न सुविधा रहने छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments