
इजरायल युद्ध : १२ नेपाली सम्पर्कविहीन, एक जना आईसीयूमा
- आश्विन २१, २०८० मा प्रकाशित
काठमाडौं । इजरायल–हमास संघर्षका क्रममा सम्पर्कबाहिर रहेका १२ नेपालीको अवस्था अझै अज्ञात रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरूको खोजी जारी रहेको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले बताइन् ।
इजरायलको दक्षिणी भेगमा रहेको किबुज अलुमिनमा १७ जना नेपाली विद्यार्थी बस्थे । तीमध्ये ५ जना हमासले उक्त क्षेत्रमा गरेको आक्रमणमा परी घाइते भएका छन् । दुई जना बंकरभित्रै रहेका र तीन जनाको अस्पतालमा उपचार भइरहेको रिजालले जानकारी दिइन् ।
गाजा क्षेत्रबाट नजिकै रहेको किबुज अलुमिन क्षेत्रमा इजरायली सेना अझै पुगिसकेको छैन । त्यहाँको अवस्था अहिले पनि भयभीत रहेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । गैरआवासीय नेपाली संघ (एनआएन) इजरायलका अनुसार, सम्पर्कविहीन भएका नेपाली विद्यार्थीसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको बताएको छ ।
नेपाली विद्यार्थीहरू सम्पर्कविहीन भएको क्षेत्रमा अन्ना नामकी स्थानीयले स्थानीय मिडियासित भनेकी छन्, ‘कहिल्यै कल्पनै नगरेको भयानक दृश्य देखिरहेका छौँ । यहाँ मानिसहरू सहयोगको भीख मागिरहेका छन् । उनीहरू रोइरहेका छन् । उनीहरूले हाम्रो घरमा आगो लगाइरहेका छन् ।’ ‘किबुज नजिकैबाट गुडिरहेको गाडीमा आतंकवादीले गोलाबारी गर्दा मेरा बच्चा घाइते भए । उनीहरूलाई हामीले उपचारका लागि पठायौँ । बाटोमा हामीले घाइते र मरेका मानिसहरू देख्यौँ । किबुजलाई घेराबन्दी गरेका छन् ।’
यता इजरायलमा रहेका नेपालीमध्ये केही हताहत भएको आशंका सरकारले गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अध्ययनका लागि गएका विद्यार्थीमध्ये केही हताहत भएको आशंका रहेको जानकारी संसद्लाई गराएका हुन् ।आइतबार प्रतिनिधिसभाको बैठकलाई इजरायलविरुद्ध प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणबारे जानकारी दिने क्रममा मन्त्री साउदले त्यहाँ रहेका नेपालीको अवस्था यकिन गर्न र उद्धार गर्न सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरिएको जानकारी पनि दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments