
इजरायल–प्यालेस्टाइनबीच चर्कियो द्वन्द्व : गाजामा इजरायलको हवाइ आक्रमण
- चैत्र २४, २०७९ मा प्रकाशित

एजेन्सी । इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको छ । इजरायल डिभेन्स फोर्स (आईडीएफ) ले बिहीबार प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासविरुद्ध कारवाही घोषणा गरेको थियो ।
प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट बुधबार नौवटा रकेट इजराइलतर्फ हानेको थियो । त्यसको जवाफमा इजरायलले गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको हो । गत साता इजरायली प्रहरीले जेरुसेलमस्थित अल–अस्का मस्जिदमा मुस्लिम भक्तजनमाथि कुटपिट गरेको थियो। उक्त हिंसा थप चर्किदै गएको हो ।
इजरायली प्रहरीले मुस्लिम भक्तजनलाई कुटपिट गरेपछि हमासले गाजा क्षेत्रबाट इजरायलतर्फ रकेट आक्रमण गरेको थियो । तर इजरायली सेनाले त्यसलाई असफल बनाएका थिए । गाजामा धेरै विमानहरू देखिएको र ठूलो विष्फोट सुनिएको एजेन्सीले जनाएका छन्, क्षतिको विवरण आइसकेको छैन ।
हमासको रकेट आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार ठूलो मूल्य चुकाउनुपर्ने अभिव्यक्ति दिएका थिए । नेतान्याहूको यस्तो अभिव्यक्तिपछि शुक्रबार बिहानै इजरायली सेनाले गाजामा हवाइ आक्रमण सुरु गरेको हो । गत वर्ष अलअक्सा मस्जिदमा इजरायली प्रहरीले मुस्लिम समुदायमाथि धरपकड गरेको थियो । उक्त धरकपटपछि हमास र इजरालबीच युद्ध नै चलेको थियो भने ३ सयभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments