
इजरायली आक्रमणमा ५७ सय मानिस मारिए, आधा बालबालिका, इन्धन नहुँदा गाजाका ६ अस्पताल बन्द
- कार्तिक ८, २०८० मा प्रकाशित
एजेन्सी । गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरायलले गरिरहेको हवाई हमलामा ५ हजार ७ सय जनाभन्दा बढी मानिस मारिएको र तीमध्ये आधा बालबालिका रहेको बताएको छ।यस्तै हमासको आक्रमणमा १४०० भन्दा बढी इजरायली नागरिक मारिएका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले इन्धन अभावका कारण गाजाका ६ वटा अस्पताल बन्द गर्नुपरेको जनाएको छ।
यसैबीच इजरायली सेनाले गाजामा केही पर्चा खसालेका छन्। जसमा लेखिएको छ– ‘यदि तपाईं आफ्नो र आफ्ना बालबालिकाको राम्रो भविष्य चाहनुहुन्छ भने बन्धकहरूको बारेमा जानकारी दिनुहोस्।’ गाजामा हमासको सत्ता छ। डब्ल्यूएचओका अनुसार गाजाका अस्पतालमा हजारौं मानिस डायलासिसमा छन्।
स्थितिमा सुधार भएन भने आईसीयूमा रहेका बिरामीको ज्यान जानसक्छ। गाजामा ५४ ट्रक राहत सामग्री र औषधि र खाद्यान्न पुगेका छन्। तर त्यसमा इन्धन थिएन। आगामी दिनमा गाजामा इन्धन आपूर्ति हुन्छ कि हुँदैन भन्ने कुनै जानकारी छैन।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments