
इजरायलले लेबनानमा फेरि गर्यो आक्रमण, कम्तीमा ५१ जनाको मृत्यु
- आश्विन १०, २०८१ मा प्रकाशित

एजेन्सी । इजरायलले बुधबार फेरि लेबनानमा आक्रमण गरेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस हमलामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने २२० भन्दा बढी घाइते भएका छन्। इजरायली रक्षा बलले बुधबार आफ्ना लडाकु विमानहरूले हिजबुल्लाहका करिब २८० स्थानहरूलाई निशाना बनाएको बताएको छ।
यसमा बिहान उत्तरी इजरायलमा हमला गरिएका क्षेत्र पनि पर्ने इजरायली सेनाले जनाएको छ। आईडीएफका अनुसार त्यहाँ हतियार भण्डार गरिएको थियो र सैन्य पूर्वाधार पनि निर्माण गरिएको थियो।यसअघि संयुक्त राष्ट्रसंघले सोमबारयता लेबनानबाट ९० हजारभन्दा बढी मानिस विस्थापित भएको बताएको थियो। साथै अक्टोबर २०२३ देखि लेबनानमा १ लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन्।
यसअघि सोमबार इजरायलले लेबनानमा हवाई हमला गरेको थियो जसमा ५५० जनाको मृत्यु भएको थियो। सन् १९९० मा गृहयुद्ध समाप्त भएपछि लेबनानमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो घटना हो।यो आक्रमण हुनुअघि लेबनानका मानिसहरूलाई एसएमएस, फोन कल र रेडियो सन्देशमार्फत क्षेत्र खाली गर्न चेतावनी दिइएको थियो। त्यसपछि बमबारी सुरु भएको थियो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments