
आर्मी बास्केटबलकाे क्वाटरफाइनलमा
- फाल्गुन ५, २०७८ मा प्रकाशित
काठमाडौं: विभागीय टोली नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुष तर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । एक खेल जित्दै आर्मी क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।
समूह ‘बी’ को लिग खेलमा आर्मीले शंकरदेव क्याम्पसलाई ११३-५६ ले पराजित गर्यो । आर्मीका सौरव श्रेष्ठ र शंकरदेवका राजेश ठकुरीले समान १८ अंक जोडे । आर्मीको जितसंगै यो समूहमा रहेको अर्को टोली ड्रिम टिम पनि क्वाटरफाइनल पुगेको छ । ३ टिम रहेको समूह ‘बी’ मा यसअघि ड्रिमले शंकरदेवलाई हराएको थियो । आर्मी र शंकरदेवबीचको खेलले समूह विजेताको टुंगो लगाउने छ ।
सुरुवातमा २७-१० को अग्रता लिएको आर्मी दोस्राेमा २६–६ ले अगाडि रह्यो । आर्मीले अग्रतालाई कायम राख्दै तेस्राे र चौथोमा समान ३०-२० अंक जोड्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषकै अर्को प्रतिस्पर्धामा कीर्तिपुरले एचआइके भिजनलाई ७८-५९ ले हराउँदै लगातार दोस्राे जित दर्ता गर्यो । प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बीएमकेलाई हराएको थियो । कीर्तिपुरका लागि सुरज खड्गीले १७ स्कोर गर्दा एचआईकेका विजय लामाले १६ अंक बटुले ।
पहिलो क्वाटरमा २५-१३ ले अघि बढेको कीर्तिपुर दोस्राेमा ९-२० ले पछि रहँदा खेल ३३-३३ को बराबरी अवस्थामा पुगेको थियो । कीर्तिपुरले तेस्राेमा १९ र चौथोमा २५ अंक जोड्दा एचआईकेले दुवैमा समान १३ स्कोर गर्याे ।
नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला राउन्ड रोविन लिगमा ललितपुर हाइले कीर्तिपुरमाथि ९३-२८ को सहज जित निकाल्यो । ललितपुरकी एलिना गुरुङले १५ तथा कीर्तिपुरकी झरना वज्राचार्यले १८ स्कोर गरे ।
ललितपुर चारै क्वाटरमा हावी रह्यो । कीर्तिपुरले कुनैपनि क्वाटरमा दोहोरो अंकको स्कोर छुन सकेन । ललितपुरले ३०–९, १८–९, २१–६ र २४–४ अंक जोड्दै सहज जित निकाल्यो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments