
‘आरआरआर’ को यी रोचक पाँच किस्सा
- चैत्र ११, २०७८ मा प्रकाशित
काठमाडौं: भारतीय फिल्ममा निर्देशनको हिसाबले सफल निर्देशक एसएस राजामौलीका सबैभन्दा महँगो र बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ आजबाट रिलिज हुँदैछ । यो फिल्म दुई भारतीय क्रान्तिकारी अल्लूरी सीताराम राजू र कोमाराम भीमले ब्रिटिस शासन र हैदराबादको निजामविरुद्ध लडेको लडाईंमा आधारित छ ।
फिल्ममा अल्लूरीको भूमिका रामचरण र कोमाराम भीमको भूमिका जूनियर एनटीआरले निभाएका छन् । यी दुईका अलावा फिल्ममा बलिउडमा अजय देवगन र आलिया भट्टले पनि महत्वपूर्ण भूमिका निभाएका छन् ।
५ सय ५० करोडको बजेटमा बनेको यो फिल्म निर्माण गर्न करीब ४ वर्ष लाग्यो । यहाँ यो फिल्मसँग जोडिएका ५ रोचक किस्सालाई प्रस्तुत गरिएको छ-
फिल्मको नाम ‘आरआरआर’ कसरी राखियो ?
सुरुवातमा राजामौलीसँग फिल्मका लागि अलग्गै नाम थियो । त्यसपछि उनलाई कसैले किन दुवै स्टार रामचरण र रामाराव र राजामौलीको नामको पहिलो अक्षरलाई जोडेर नाम नराख्ने भनेर सल्लाह दिए । सोही सल्लाह अनुसार उनीहरुले नाम ‘आरआरआर’ राखे । जब उनीहरुले नाम छनोट गरेर सामाजिक सञ्जालमा राखे, तब सारा विश्व र वितरकले नाम मनपराए । यही कारण यो नामलाई औपचारिक मान्यता दिइयो ।
१८ दिनमा एक स्टेप उत्कृष्ट हुन्थ्यो
निर्माताहरुले हालैमात्र एक डान्स नम्बर सार्वजनिक गरेका थिए, जसलाई २६ मिलियन बढी पटक हेरिएको छ । ‘नाचो नाचो’ गीतका सुटिङ कीवमा गरिएको थियो । यो गीतको स्टेपलाई उत्कृष्ट फर्ममा ल्याउनका लागि दुवै अभिनेताले एक दिनमा १२ घण्टा सुटिङ गर्नु परेको थियो । उनीहरुलाई स्टेप उत्कृष्ट बनाउन १५ देखि १८ दिन लागेको थियो ।
खाली खुट्टा जंगलमा कुदेका एनटीआर
फिल्ममा एक जंगलको सिक्वेन्स देखाउनुपर्ने थियो । राजामौलीले एनटीआरलाई वास्तविक सिक्वेन्सको समयमा ‘सरप्राइज’ नै दिए । एनटीआरले जुत्ता लगाएर यो दृश्यको अभ्यास गरेका थिए । तर इन्ट्रो दृश्यको सुटिङको समयमा क्रिएीटभ पावर हाउस निर्देशकले उनलाई बुल्गेरियाको काँडाले भरिएको जंगलमा नांगो खुट्टाले दौडन निर्देश गरे । यद्यपि जूनियर एनटीआरलाई कुनै चोट लागेन, तर उनको खुट्टा जंगलको काँडा र मसिना ढुंगाले भरिएको थियो ।
आलियाप्रति चिन्ता
यो फिल्मको कास्टिङपछि आलियालाई सेटमा ल्याएपछि एनटी रामा राव जूनियर र रामचरणलाई कसरी नियन्त्रणमा राख्ने भन्ने चिन्ता फिल्म युनिटमा थियो । किनकी दुवै अभिनेताहरु सेटमा धेरै बदमाश काम गर्थे । तर सुटिङका समयमा दुवैले मस्ती गर्दा सेटका माहाेल सकारात्मक बनेको थियो ।
आलियासँग कम बोल्थे रामचरण
आलियाले दुवै अभिनेताविरुद्ध गुनासो गरेकी थिइन् । उनीसँग रामचरण सेटमा निकै कम कुरा गर्थे । जब यो कुरा आलियाले रामचरणलाई भनिन्, तब रामचरणले ‘मलाई लाज लाग्थ्यो, किनकी तपाईं यदि सुन्दर हुनुहुन्छ ।’ भन्ने जवाफ दिएका थिए । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments