
आफ्नै घर बनेपछी रामपुकारको खुसी: बितेको ४ बर्षसम्म खेपेका पिडाहरु सम्झन नै चाहदैनन
- माघ २९, २०७८ मा प्रकाशित
महोत्तरी: छेउमा २ कोठे पक्की घर छ । प्रत्येक घरका परिवारका सदस्यहरु घरतर्फ हेर्दै टोलाइरहेका छन । बालबालिका कोठाभित्र रमाइरहेका छन । कोही घरको सिगारपेटारमा ब्यस्त छन । अगाडि सम्सी-माइस्थान सडकखण्डमा हुइकिनेहरु एकनाशले बनेका घरहरुलाइ हेरेर मात्र ओहोरदोहोर गर्छन । सडकको वारीपारी पशु-चौपायाका गोठ जस्तो देखिने केही छाप्राहरु पनि छन । अनि यही वस्तिको दायाँ भागमा वडा कार्यालय छ । वृद्धहरुको चाउरी परेको अनुहारमा स्पष्ट खुसी देख्न सकिन्छ ।
यो कुनै चलचित्रको दृश्य हैन न त काल्पनिक कथा नै । गौशाला वडा न.२ स्थित मुसहर बस्तिमा पुगेपछी यस्ता दृश्यहरु जोकोहीले नियाल्न पाउछन । जन्ता आवास अन्तर्गत मुसहर बस्तिका मुसहरहरुको जिवनमा नै पहिलो पल्ट आफ्नै घर बने पछीको खुसीयाली हो यो ।
रामपुकार सादालाइ अघिल्लो हिउद र वर्षा फर्केर सम्झन पनि मन लाग्दैन । हुन त सरकारले आफ्नै २ कोठे भवन बनाइदिने घोषणा गरेपछी रामपुकारका झण्डै ४ बर्ष प्रतिक्षामा नै दिनचर्या विताउनु पर्यो । अघिल्लो हिउद मात्र हैन उन्ले बितेको ४ बर्ष उस्तै पिडामा बिताए ।
पक्की घर बन्नुभन्दा पहिला अस्थायी टहरामा बस्दै आएका रामपुकारले हिउद र बर्षायाममा भोगेको दु:ख र पीडा सम्झिनसक्नुको छ ।
`बर्षायाममा छानो छिचोलेर पानी चुहिनाले बर्षाभरी छोराछी बिरामी भए । वृद्ध आमा बिरामी परिन । ´ उन्ले भने ।
बिहान-बेलुका मजदुरी गरेर परिवारको लागी जिविकोपार्जनको माध्यम बनेका रामपुकारले बिरामी भएकै कारण काम गर्न नपाउदा कयौ रात पानी पिएर सुतेको नमिठो अनुभव छ ।
मानिसलाइ नाना, छाना र खाना अत्यावश्यक छ तर गरिबी र मजदुरी गर्ने वातावरण बन्न नसक्दा रामपुकार बितेको ४ बर्षसम्म निक्कै कष्टकरसग जिविकोपार्जन गरे ।
`मैले सरकारले घर बनाइदिन्छु भनेपछी भएको टहरालाइ समेत भत्काएर पुर्ण अस्थायी टहरामा बसे तर सितलहर, गर्मी र बर्षाले सार्है विजोग बनाएको थियो । उन्ले भने ।
त्यसो त रामपुकारले यस्तै समस्या कयौ बर्षदेखी नभोगेका हैनन तर सरकारले घर बनाइदिने भनेपछी अस्थायी टहरामा ओत लाग्दा बितेको ४ बर्ष निक्कै कष्ट बन्यो ।
रामपुकार जस्तै अहिले यस बस्तिका १९ घरपरिवारमा खुसीयाली छाएको छ । सरकारले छानाको व्यस्था गरेपछी आधा समस्या नै निराकरण भएको मुसहर समुदायको बुझाइ छ ।
अहिले यस वडा न.२ मात्र १९ घर बनेका छन । गौशाला नगरपालिकाभरी झण्डै ९१ वटा घर बन्ने तयारी भएको जनप्रतिनिधिको भनाइ छ ।
जन्ता आवास अन्तर्गत नै गौशाला स्थित फुल्का, खयरमारामा पनि धमाधम घर बन्दै छन । पछिल्लो समय जलवायुमा भएको परिवर्तनले गरिव, बिपन्न तथा पिछडिएका बर्गहरुमा सुरक्षित आवासको ब्यवस्थापन हुन नसक्दा निक्कै समस्या बन्दै गएको छ । -न्युजकारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments