
आफ्नै गृहजिल्लामा असुरक्षित एमाले सांसद योगेश भट्टराई , शौचालयभित्रै थुनिए, प्रहरी भन्छ – सामाजिक सञ्जालले हावा फैलायो
- बैशाख ६, २०८२ मा प्रकाशित

इटहरी । सामाजिक सञ्जालमा एमाले सचिव तथा सांसद योगेश भट्टराईलाई शौचालयमा थुनेर सुरक्षा दिइएको भन्ने चर्चा तीव्र रूपमा फैलिएको छ।
शुक्रबार कञ्चनजंघा हिरक महोत्सव उद्घाटनका लागि गृहजिल्ला ताप्लेजुङ पुगेका सांसद भट्टराईविरुद्ध ‘नो केबलकार’ समूहले विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका थिए। नाराबाजीपछि भट्टराई शौचालय पस्न पुगेका थिए। स्थानीय स्रोतका अनुसार आन्दोलनकारीबाट सम्भावित असुरक्षा देखेपछि प्रहरीले उनी पसेको शौचालयको ढोकामा चुकुल लगाइदिएको बताइएको छ।
तर, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक विवेक बस्नेतले सामाजिक सञ्जालमा फैलिएको जस्तो घटना नभएको स्पष्ट पारे। उनले भने, “त्यस्तो केही पनि होइन, माननीयज्यूलाई पिसाब लागेर आफैं शौचालय जानुभएको हो। त्यसपछि उहाँ सुरक्षित रूपमा काठमाडौं फर्किनुभयो।”
प्रत्यक्षदर्शीका अनुसार प्रहरीले नाराबाजी गरिरहेका प्रदर्शनकारीलाई तितरबितर पार्दै भट्टराईलाई उनी चढ्ने हेलिकोप्टरसम्म सुरक्षा दिनुपरेको थियो।
सांसद भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रिप्रसाद पाण्डेसँग शुक्रबार हेलिकोप्टरमार्फत फक्ताङलुङ गाउँपालिका–६, लेलेप पुगेका थिए।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको प्रस्तावलाई लिएर विवाद चुलिँदै आएको छ। भट्टराईले केबलकार आवश्यक भएको बताउँदै समर्थन गरेपछि उनी ‘केबलकार विरोधी’ समूहको विरोधको केन्द्र बनेका हुन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments