
आफ्नै काकी बलात्कार गरेर जलाउने भोजराजलाई आजीवन कैद माग
- असार १६, २०७९ मा प्रकाशित
दार्चुला । दार्चुलामा काकीलाई बलात्कार गरेर जलाएको आरोपमा पक्राउ परेका व्यक्तिलाई आजीवन कैदको माग गर्दै मुद्दा दर्ता गर्ने तयारी भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाले अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा बुझाएको हो।
दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रतिक विष्टले पक्राउ परेका भोजराजविरद्ध तीन वटा कसुरमा मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको बताए। प्रहरीले कर्तव्य ज्यान, जबर्जस्ती करणी र डाँका चोरी सम्बन्धी कसुरमा मुद्दा चलाउन राय दिएको छ। एकल महिला ४३ वर्षीया अनिभा खडायतको बलात्कारपछि जलाएर हत्या गरेको अभियोगमा ४२ वर्षीय भोजराज खडायत पक्राउ परेका थिए।
एउटै गाउँका उनी अनिभाका भतिज नाता हुन्। जेठ २५ गते दार्चुलाको शैल्यशीखर नगरपालिका १ बारीलमा जबरजस्ती करणी गरी टाउकोमा ढुंगाले हानी घाइते बनाइ जिउँदै आगो लगाएको प्रहरीले जनाएको छ। त्यसदिन बिहान ४ बजेतिर जरूरी काम परेको बहानामा बोलाएर घर नजिकै अनिभालाई बलात्कार गरेका थिए।
जबरजस्ती करणी गर्दा अनिभाले प्रहरीलाई खबर गर्छु भनेपछि ढुंगाले टाउकोमा हानी बेहोस बनाएको र सोही स्थानमा राखिएको खरले छोपी आगो लगाइ हत्या गरेको आरोप छ। हत्या गरिएकी महिलाले लगाएका गहना लुटेर उनी फरार भएका थिए।
घटनाको भोलिपल्ट भोजराजलाई बैतडीको दोगडाकेदार गाउँपालिका ३ खोचलेकबाट प्रहरीले पक्राउ गरेको थियो। असार १ गते सरकारी वकिल कार्यालयमा बयान गर्दा भोजराजले घटना स्वीकार गरेको सरकारी वकिल कार्यालयले जनाएको छ। घटनामा पक्राउ परेका अरु दुई जना भने छुटेका छन्। अघिल्लो दिन भोजराजसँगै रक्सी खाएका उनीहरुको घटनामा संलग्नता नरहेको खुलेपछि पहिल्यै छाडिएको डीएसपी बिष्टले बताए।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments