
आफैले बनाएको ‘टिकटक’ भिडियो जस्तै स्वास्थ्यकर्मीको दुर्घटनामा मृत्यु
- पुष १२, २०८१ मा प्रकाशित

धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटनामा परी बाजुराका स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बिहीबार साँझ धनगढीस्थित ६ लेन सडकमा विपरीत दिशाबाट आएको मोटरसाइकलमा ठोक्किएर बाजुराको बडीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको हो ।
खत्री बाजुराको मार्तडी स्वास्थ्य चौकी चुथीमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्रसिंह बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक शिखर नगरपालिका–११ कि २५ वर्षीया शर्मिला थापा घाइते भएकी छिन् । उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेका स्वास्थ्यकर्मीहरु धनगढीमा ९ गतेदेखि तालिममा सहभागी थिए । स्वास्थ्यकर्मी खत्रीको मृत्युपछि उनले दुई दिनअघि दुर्घटना भएकै सडकमा भिडियो खिचेर टिकटक पोष्ट गरेका थिए । उक्त टिकटक भिडियो यतिबेला भाइरल भएको छ ।
उक्त टिकटक भिडियोमा उनले ‘एक दिन मेरो ठूलो एक्सिडेन्ट होस् । म जीवन र मृत्युसँग लडिरहँदा मलाई हस्पिटल पुगाउने जिम्मा तिमीलाई दिइयोस् । अनि तिमीसँग डाक्टरले भनोस् की आइएम सरी, मैले हजुरको मान्छे बचाउन सकिनँ । तब तिमीलाई मेरो मायाको आभास हुनेछ,’ खत्रीले पोस्ट गरेको भिडियोको पृष्ठभूमिमा भनिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments