
आफैँलाई बचाउनेलाई कोब्राले नचिनेपछि…..
- माघ १९, २०७८ मा प्रकाशित
नयाँ दिल्ली: भारतमा सर्पको उद्दार गर्ने काममा ख्याति कमाएका एक व्यक्ति सर्पकै टोकाइबाट गम्भीर घाइते भएका छन् । १० फिट लामो किङ कोब्राको उद्दार गर्ने क्रममा त्यसले टोक्दा उनको अवस्था गम्भीर भएको हो । केरलाका ४८ वर्षीय भाभा सुरेशलाई तमिल नाडुमा कोब्राको उद्दार गर्ने क्रममा सोही कोब्राले तिघ्रामा टोकेको थियो । एक स्थानीयले सार्वजनिक गरेको एउटा भिडियोमा कोब्रालाई बोरामा राख्ने क्रममा सुरेशको दायाँ तिघ्रामा टोकेको देखिन्छ ।
टोकाइका बाबजुद उनले हतारमा कोब्रालाई बोराभित्र राख्छन् । तर, केही बेरमै उनी अचेत भएर भुइँमा ढल्छन् । तत्कालै अस्पताल भर्ना गरिएको उनको अहिले आईसीयूमा उपचार भइरहेको छ । सुरुमा कोटायामको मेडिलकल कलेजमा भर्ना गरिएका उनको मुटुले २० प्रतिशत मात्र काम गरेपछि थप उपचारका लागि अर्को अस्पताल लगिएको छ ।
उनको अचेत अवस्थामा आईसीयूमा उपचार भइरहेको हिन्दूस्तान टाइम्सले जनाएको छ । सर्पको उद्दार गर्ने दुई दशक लामो पेसामा आफूले हजारौं सर्पको उद्दार गरेको र सयौं पटक सर्पले टोकेको उनले बताएका थिए । सोमबार कोब्राको उद्दार गर्न जानुअघि उनी सर्पको टोकाइका कारण अस्पतालमा उपचार गरेर फर्किएका थिए । कुरिचवाईको एउटा परिवारले गोठनजिक सर्पदेखेपछि उद्दार गर्न सुरेशलाई खबर गरेका थिए । यसअघि सन् २००५ मा पनि कोब्राले टोक्दा सुरेशको चोर औंला गुमाएका थिए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments