
आन्तरिक विवादले माओवादी केन्द्रीय कमिटी बैठकका पूर्वनिर्धारित एजेण्डा प्रभावित
- फाल्गुन २०, २०७८ मा प्रकाशित
काठमाडौं: अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कारण आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकका लागि यसअघि नै तय भएका एजेन्डा प्रभावित हुने भएका छन् ।
गत पुस १३-१९ मा सम्पन्न आठौं महाधिवेशनको म्यान्डेट तथा ४ फागुनको संसदीय दल बैठकको निर्णयविपरीत ‘नेतृत्व’ले परिमार्जन र संशोधन बिना नै अचानक एमसीसी अनुमोदन गराउने निर्णय लिएपछि यसअघि तय भएका पदाधिकारी, स्थायी कमिटीदेखि केन्द्रीय सदस्यको मनोनयनसम्मका एजेन्डा प्रभावित हुने भएका हुन् ।
‘मोटामोटी रुपमा महाधिवेशनबाट बाँकी रहेका सांगठानिक कार्यविभाजन, स्थानीय तह निर्वाचनका एजेन्डा सुरुदेखि नै तय भएका हुन्,’ केन्द्रीय सदस्य देवप्रसाद गुरुङले न्युज कारखानासँग भने, ‘साथै, अब पछिल्लो समयमा बहसमा आएको एमसीसीका बारेमा पनि पक्कै बहस हुने नै छ, त्यसबारेमा पार्टीभित्र देखा परेका फरकमतका बारेमा स्वभाविक रुपमा छलफल र बहस हुने देखिन्छ ।’ उनका अनुसार महाधिवेशन पछिको सांगठानिक कार्यविभाजन र स्थानीय तह निर्वाचनलाई प्राथमिकतामा राखेर केन्द्रीय कमिटी बैठक टुंग्याउने निधो गरिएको थियो ।
सो विषयमा छलफल गर्नका लागि २ फागुन र ८ फागुनका लागि तय भएको बैठक स्थगित गरिएको थियो । एमसीसीका कारण सत्तारुढ गठबन्धन नै अप्ठयारोमा परेको बेला बोलाईएका दुवै बैठक स्थगित गरी २० फागुनका लागि केन्द्रीय समितिको बैठक तेस्रो पटक आब्हान गरिएको हो ।
तर, महाधिवेशन र संसदीय दलको निर्णयविपरीत ‘व्याख्यात्मक घोषणा’को भरमा एमसीसीको पक्षमा मुख्यतः अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई उभ्याएपछि आन्तरिक विवाद ‘विभाजनको तहसम्म’ पुगेको विश्लेषण भइरहेको बेला आजबाट केन्द्रीय कमिटी बैठक बस्दैछ ।
संसदीय दलका नेता प्रचण्डको निर्देशन अस्वीकार गर्दै पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वमन्त्रीद्वय जयपुरी घर्तिमगर र रेखा शर्मासहित यशोदा सुवेदी गुरुङले बैठक बहिस्कार गरेका थिए । प्रतिनिधिसभा बैठकमा उपस्थित भए पनि पूर्वमन्त्री गिरिराजमणी पोखरेल र सांसद अञ्जना बिशंखेले ‘हुन्न’ भन्दै विपक्षमा मत प्रकट गरेपछि माओवादीमा एमसीसी चर्को विवादको विषय बनिरहेको बेला यो बैठक बस्न लागेको हो ।
आजदेखि सुरु हुने बैठकमा नारायणकाजी श्रेष्ठले एमसीसी अनुमोदनका विषयलाई लिएर लिखित रुपमा फरक मत राख्ने भएका छन् । ‘एमसीसीको बारेमा पार्टी नेतृत्वले लिएको निर्णय प्रति आपत्ति जनाउँदै आउनु भएका नारायणकाजी कमरेडले आज बैठकमा फरक मत दर्ज गराउनु हुनेछ,’ श्रेष्ठ निकट केन्द्रिय सदस्य जीवन गौतमले न्युज कारखानासँग भने, ‘उहाँको लिखित फरक मतलाई पार्टी नेतृत्व र बैठकले कसरी लिनेछ, त्यही अनुसार आगमी रणनीति तय हुनेछ ।’
यसैगरी, महरा, गुरुङसहित लिलामणि पोखरेल, लेखनाथ न्यौपानेले पनि बैठकमा लिखित रुपमा नै फरक मत राख्ने छन् । बैठक राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११ बजेदेखि सुरु हुने माओवादीले जनाएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments