
आत्मदाह गरेका आचार्यको परिवारले ५० लाखको बीमा दाबी पाउने
- माघ १४, २०७९ मा प्रकाशित
झापा । संसद भवन अगाडी आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट लगभग ५० लाख रुपैयाँ हाराहारीको दाबी भुक्तानी पाउने भएका छन् ।आचार्यले २०७७ सालमा ५० लाख रुपैयाँ बीमाङ्कको धनन्जय जीवन बीमा पोलिसी खरिद गरेका थिए ।
सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार आचार्यले बिर्तामोड झापा शाखाबाट ५० लाख रुपैयाँ बीमाङ्क बराबरको पोलिसी खरिद गरेका थिए । उनले भने ‘सामाजिक सञ्जालमा एक करोड भनिए पछि हामीले पोलिसी फाइल हेर्दा ५० लाख रुपैयाँको बीमा गरिएको पाइएको छ ।आचार्यले पोलिसी खरिद गरे पछि लगातार दुई किस्ता बापतको बीमा शुल्क भुक्तानी गरेका थिए । तर पछिल्लो किस्ता बापतको बीमाङ्क रकम भुक्तानी गरेका थिएनन् । समयमा तेस्रो किस्ता भुक्तानी नगरेकाले उनको यो पोलिसी व्यतित बीमालेखमा गणना भइकेको थियो ।
नियम अनुसार बीमा पोलिसी खरिद गरेको दुई वर्षसम्म बीमितले आत्महत्या गरेमा दाबी भुक्तानी पाइदैन । तर पोलिसी खरिद गरेको तीन वर्ष पुगेकोले उनी दाबी पाउन योग्य भएको अर्यालले जानकारी दिए । आचार्यले धनफिर्ता ‘मनिव्याक’ पोलिसी खरिद गरेको हुँदा उनले वार्षिक रुपमा बीमाङ्कको ५ प्रतिशतका दरले दाबी पाउने व्यवस्था छ । सोहि अनुसार उनले यस अगाडी २ पटक ५ प्रतिशतकादरले फिर्ता पाइसकेका छन् ।
यस हिसावले उनले ५ लाख रुपैयाँ फिर्ता पाइसकेका छन् । तेस्रो किस्ता वापतको बीमा शुल्क चाही उनले नतिरेको कारण सोही तेस्रो वर्षको बीमा शुल्क रकम भने घट्छ । अरु बाँकी रकम भने उनको परिवारलाई कम्पनीले भुक्तानी गर्नेछ ।कम्पनीले विर्तामोड शाखाबाट पोलिसी फाइल मगाएको छ । पोलेसी मंगलबारसम्ममा उपलब्ध गराउने जानकारी परिवारले गराएको बताइएको छ । उक्त पोलिसी फाइल आइसके पछि मात्रै उनको परिवारले ठ्याक्कै कति रुपैयाँ पाउने भन्ने विषयमा जानकारी गराउनेछ ।
कम्पनीले दाबी भुक्तानी गर्दा नियम अनुसार आचार्यले भुक्तानी नगरेको तेस्रो वर्षको बीमा शुल्क घटाउनेछ । त्यस पछि बीमित आचार्यले तिरेको बीमाङ्क रकमको बोनस सहित जोडिनेछ । यस आधारमा आचार्यको परिवारले ५० लाख हाराहारीकै दाबी पाउने देखिन्छ । बीमा पोलिसीमा बीमित आचार्यले हकवालाको नाम आफ्नै श्रीमती नानुका अधिकारी राखेका थिए । अव आवस्यक कागजपत्र पुर्याएर दाबी भुक्तानीको प्रकृया पुरा गर्ने वित्तीकै उनले दाबी पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी दिए । उनको बुधबार विहान उपचारको क्रममा ज्यान गएको थियो । इलाम स्थायी घर भएका आचार्य उद्यमी, व्यवसायी थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments