
आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो, निर्यात ८२.९० प्रतिशतले बढ्यो
- चैत्र ७, २०७८ मा प्रकाशित
काठमाडौं: चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
भन्सार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालको कूल वैदेशिक व्यापार ४२.१३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख १२ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सोही अवधिमा नेपालले विभिन्न देशमा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म नेपालको आयात ३८.६४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले विभिन्न देशबाट ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।
यस वर्षको सुरुका आठ महिनामा नेपालको निर्यात व्यापार ८२.९० प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालले विभिन्न देशमा ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments