
आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव २३ मंसिरदेखि
- बैशाख २०, २०७९ मा प्रकाशित
भैरहवा: सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव आगामी २३ मंसिरबाट हुने भएको छ । संघले भैरहवामा पहिलो पटक २०६१ सालबाट सुरुवात गरेको महोत्सव सात पटक सफलता गरेसँगै आठौँ महोत्सवको तयारीमा जुटेको छ ।
विगतका सफलतालाई आत्मसाथ गर्देै अझै परिष्कृत र परिमार्जन तथा थप आकर्षक कार्यक्रमहरुसहित आगामी २३ मंसिरदेखि ४ पुससम्म आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव—२०७९ आयोजना गर्न लागेको संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले जानकारी दिए । महोत्सवको नारा पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय सम्वृद्धिको आधार’ भन्ने छ ।
विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको पवित्र जन्म स्थल तथा विश्व पर्यटनको आकर्षण केन्द्र लुम्बिनीको प्रवेशद्वार सिद्घार्थनगर, रुपन्देहीका उद्योगी, व्यवसायीहरुको पेशागत हक, हित र अधिकारका लागि संघ समर्पित छ । मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एंवमा प्रविधिको बृहत् प्रदर्शनीसहित आन्तरिक र समिार्ती पर्यटनमा केन्द्रित रहनेछ ।
मेलामा कृषि, उद्योग, व्यापार, हस्तकला, तयारी पोशाक, छाला जुत्ता, खाद्यान्न, अटोमोबाईल्स, बैंक तथा बित्तिय सस्था, सूचना प्रबधि, होटल, रेस्टुरेन्ट, विद्युतीय सामग्री, छाला जुत्तालगायतका ३ सयभन्दा बढी स्टल रहनेछ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments