
आज सन्दीपविरुद्धको बलात्कार मुद्दा फैसलाका पेसी
- बैशाख ११, २०८० मा प्रकाशित
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि आज (सोमबार) अन्तिम सुनुवाइ हुँदैछ । सन्दीपविरुद्ध जिल्ला अदालत (काठमाडौँ) मा दर्ता मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो ।
यसअघि गत बुधबार किशोरीको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको बकपत्र गराइएको छ । योसँगै मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ गरिने भएको हो । यसअघि नै अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भए पनि मेडिकल गर्ने टिमका अर्कै डाक्टरको बकपत्रलाई किशोरी पक्षले नमानेर अर्कै मुख्य डाक्टरको बकपत्र गराउन निवेदन दिएका थिए । यस्तै क्रिकेटर साहब आलमको पनि बकपत्र गराइएको छ ।
उनीहरू दुवै जनाको बकपत्र बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा गराइएको हो । यसअघि चैत २६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डा. र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको थियो ।
एक किशोरीले सन्दीपविरुद्ध बलात्कार अभियोगमा गत भदौ २१ गते गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । असोज २० गते स्वदेश फर्किएपछि सन्दीपलाई थुनामा राखेर प्रहरीले मुद्दाको अनुसन्धान गरेको थियो । कात्तिक २९ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश सरोजकृष्ण घिमिरे घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उनको आदेश उच्च अदालत (पाटन) ले बदर गरेपछि सन्दीप २० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध पनि फुकुवा गराएको थियो । थुनामुक्त भएपछि राष्ट्रिय टोटीबाट सन्दीपले नियमित क्रिकेट खेल्दै आएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments