
आज यूएईविरुद्ध खेल्दै नेपाल
- माघ २९, २०७८ मा प्रकाशित
काठमाडौं: चारदेशीय टी- २० शृंखलाको दोस्रो खेलमा आज शनिबार नेपालले सयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्र्दैछ । शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई पराजित गरेको नेपाल यूएईविरुद्ध मैदान उत्रदा आफ्नो जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।
ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान पाैने १२ बजेदेखि सुरु हुनेछ ।
शृंखलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपालको जितमा ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरीले अविजित ७३ रन बनाउँदा बलिङमा अविनाश बोहराले तीन विकेट लिएका थिए । ओमानविरुद्धको ७३ रन दीपेन्द्रले ट्वान्टी २० क्रिकेटमा बनाएको सबैभन्दा उच्च रन हो ।
आइसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चारदेशीय शृंखलामा सहभागी छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments